२०८२, श्रावण २१ गते

Aug 06 2025 | २०८२, श्रावण २१ गते

एकदिवसीय योग, ध्यान र अवलोकन कार्यक्रम

आइतवार , चैत्र ६, २०७८

भैरहवा, ६ चैत ।
गौतमबुद्ध जीवन योग प्रयोगशाला ललितपुरले एकदिवसीय योग, ध्यान र अवलोकन कार्यक्रम सम्पन्न गरेको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा शनिबार कार्यक्रम गरिएको गौतमबुद्ध जीवन योग प्रयोगशाला ललितपुरका संयोजक एकनारायण काफ्लेले बताए ।
शरीरलाई सक्रिय बनाउन, देशभर सुख, शान्ति र समृद्धि ल्याउने अभियानअन्तर्गत दैनिक रुपमा बिहान साढे ४ बजेदेखि जुममार्फत योग सञ्चालन गरिदै आएको काफ्लेले बताए । ‘शरीरलाई सक्रिय बनाउने, निरोगी बनाउने अभियान अगाडी बढाएका छौं, ’उनले भने ।

लुम्बिनीमा आयोजना गरिएको कार्यक्रममा प्रशिक्षक रामहरि गौतम, सिर्जना श्रेष्ठ, रीता न्यौपाने लगायतको सहभागिहरुलाई प्रशिक्षण दिएका थिए । कार्यक्रममा ६७ जनाको सहभागिता रहेको थियो ।

IMG_4657.JPG

गौतमबुद्ध जीवन योग प्रयोगशालाका सदस्य खिम बहादुर खत्रीले योगले विभिन्न रोग लाग्नबाट बचाउने भएकाले यो जीवनको आवश्यकता रहेको बताए ।