२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

देशको मुहार फेर्न राप्रपा : अध्यक्ष लिङ्देन

शनिवार , चैत्र ५, २०७८

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • सिन्धुली, ५ चैत ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले देशको नेतृत्व नगरेसम्म देशले मुहार नफेर्ने दावी गरेका छन् ।

    सो पार्टीले शनिबार सिन्धुलीमा गरेको आमसभामा उनले ठूला दलहरु एउटै सिक्काको दुई पाटा भएकाले कुनै फरक नभएको बताए । “कुनै पनि पार्टी, नेताले १०/१० वर्ष मौका पाउँदा पनि देशले मुहार फेर्न नपाएकाले हामी जनताको अदालतमा भन्न आएका हौँ”, उनले भने ।

    जनतालाई बुझाउन सके राप्रपाले देश बनाउने भन्दै एकपटक राप्रपालाई सहयोग गर्न उनले अपिल गरे । “देशको उत्पादनले नधानेसम्म मुलकमा समृद्धि हासिल गर्न सकिन्न, देशमा उत्पादन भएको बिजुली देशमै खपत गरौँ, विद्युत् उत्पादनमूलक कार्यमा खपत गरे मुलुक आर्थिक रूपमा समृद्ध बन्छ”, उनको भनाइ थियो । रासस