शनिवार , चैत्र ५, २०७८
रुपन्देही, ५ चैत ।
भनभने (गुल्मी) सम्पर्क समाज रुपन्देहीको पाँचौ साधारणसभा तथा अधिवेशन शनिबार बुटवलमा सम्पन्न भएको छ ।
अधिवेशनले लोकनाथ पन्थीको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ । जसको प्रथम उपाध्यक्षमा साबित्री देवी पन्थी, द्वितीय उपाध्यक्षमा विष्णु प्रसाद घिमिरे, तृतीय उपाध्यक्षमा विष्णु हरी पन्थी, सचिवमा भोजराज घर्ती, सह–सचिवमा पदम जि.सी., कोषाध्यक्षमा प्रकाश पन्थी र सह–कोषाध्यक्षमा नित्यानन्द पन्थी रहेका छन् ।
त्यस्तै सदस्यहरुमा मिन प्रसाद पौडेल, पिताम्बर पन्थी, सुनिल घर्ती, मिन प्रसाद पन्थी, चिन्तामणी पन्थी, भुवन पन्थी, कमला केसी, जमुना पौडेल, जगत चन्द र गोपाल भण्डारी रहेको भनभने (गुल्मी) सम्पर्क समाज रुपन्देही सल्लाहकार बुद्धि पराजुलीले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij