२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

सिद्धार्थनगर–३ मा वातावरण तथा फोहोरमैला व्यवस्थापन अभिमुखीकरण सुरु  

शनिवार , चैत्र ५, २०७८

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • भैरहवा, ५ चैत ।
    सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ को आयोजनामा शनिबारदेखि भैरहवामा वातावरण तथा फोहोरमैला व्यवस्थापन अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । 

    ३ नम्बर वडाका वडा अध्यक्ष थानेश्वर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले दुईदिने तालिमको उद्घाटन गर्दै फोहोरमैला व्यवस्थापनमा नगरले ठुलो प्रयास गरे पनि सफल नभएको बताए । उनले फोहोरमैला व्यवस्थापनमा प्रशोधन केन्द्र नै निर्माणमा असहयोग र राजनीति गरिएको बताए । उनले ओमसतिया गाउँपालिका–५ स्थित पट्खौलीमा सिद्धार्थनगरले लिएको जग्गामा प्रशोधन केन्द्र बनाउन नदिएकाकारण ३२ करोड बजेट फिर्ता हुनु दुःखद कुरा बताए ।

    तालिम उद्घाटनको स्वागत मन्तव्यमा वडा सदस्य नारायण प्रसाद उपाध्याय तथा कार्यक्रमको सन्चालन वडा सचिव रामलाल भुसालले गरेका थिए । तालिमलाई इन्दे्रणी ग्रामीण केन्द्र नेपाल बुटवलले सहजीकरण गरेको छ । इन्दे्रणीका विष्णु गौतम र चाणक्य अधिकारीले दुई दिनसम्म तालिममा सहजीकरण गर्नेछन् । तालिममा वडा नम्बर ३ स्थित टोल सुधार समितिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको छ ।