
शनिवार , चैत्र ५, २०७८
भैरहवा। भैरहवाका भुपेन्द्र थापा मगरले नेपाल आइडल सिजन ४ को उपाधी चुमेका छन्।
उनले अन्य चार प्रतिस्प्रर्धीलाई पछि पार्दै विजयी बनेका थापाले नेपाल आइडल सिजन ४ को उपाधी चुमेका हुन्। उनले ३० लाख रुपैँया नगद र ट्रफी पाए।
थापालाई टप पाँचमा परेपछि भैरहवामा ल्याएर बिभिन्न कार्यक्रम गर्दै भोटका लागि अपिल गरिएको थियो। उनलाई भैरहवावासीले भव्य स्वागत गर्दै भोटिङका लागि आग्रह गरेका थिए। भैरहवावासीको न्यानो माया र भोटका कारण उनी नेपाल आइडल सिजन ४ को उपाधी चुम्न सफल भएको भैरहवावासीको भनाई छ।
त्यस्तै फस्ट रनरअप झापाका नाम्गेल तामाङ भएका छन्। उनले ५ लाख रुपैँया र ट्रफी पाए भने सेकेन्ड रनरअप रामेछापका रञ्चित नेपाल भएका छन। उनले ३ लाख रुपैँया र ट्रफी पाए।
त्यस्तै झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल क्रमशः चौथो र पाँचौं भए। उनीहरुले गिटार र दस लाख बरारको बीमा पाएका थिए।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij