२०८३, बैशाख २२ गते

May 05 2026 | २०८३, बैशाख २२ गते

लुम्बिनीमा चार सय जना बढी जनमत पार्टीमा प्रवेश

शनिवार , चैत्र ५, २०७८

  • 4.3K
    Shares
  • 4.3K
    Shares
  • भैरहवा, ५ चैत ।
    रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ७ र ८ मा नेकपा (एमाले) र नेपाली काँग्रेस परित्याग गरी चार सय जना बढी जनमत पार्टीमा प्रवेश गरेका छन् ।

    जनमत पार्टी लुम्बिनी सांस्कृतिक नगरपालिका नगर कमिटीले शनिबार लु.स.न.पा.–७ स्थित भैसहियामा आयोजना गरेको होली, रामनवमी तथा नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा उनीहरु प्रवेश गरेका हुन् ।

    एमाले युवा नेता चन्द्रकेश गुप्ता (सि.के.)को नेतृत्वमा उक्त पार्टी परित्याग गरी छोटेलाल यादव, फिरोज चुरिहार, जितेन्द्र यादव, केशराम यादव, मोहम्मद सलिम, भोला तेली लगायत चार सय बढी जनमत पार्टीमा प्रवेश गरेका हुन् ।

    उनीहरुलाई प्रमुख अतिथि जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवले पार्टीमा स्वागत गरे ।

    कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रामकेश गुप्ता, निलम पासवान जिल्ला अध्यक्ष विष्णु लोध, चन्द्रशेखर सोनार, रामदेव यादव, अंगद गुप्ताले लगायतको उपस्थिति रहेको थियो ।