images
images

शनिवार, जेठ ५ गते २०८१

समृद्ध मुलुक निर्माणका लागि बौद्धिक जगतले जागरण ल्याउनुपर्छ : केपी ओली

समृद्ध मुलुक निर्माणका लागि बौद्धिक जगतले जागरण ल्याउनुपर्छ : केपी ओली

images
images
images
शनिवार, चैत्र ५ २०७८
शनिवार, चैत्र ५ २०७८
  • समृद्ध मुलुक निर्माणका लागि बौद्धिक जगतले जागरण ल्याउनुपर्छ : केपी ओली

    काठमाडौं, ५ चैत ।
    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तहको निर्वाचनमा बढीभन्दा बढी स्थानमा जित्ने गरी अगाडि बढ्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

    images
    images
    images

    एमाले सम्पर्क समन्वय कमिटीले शनिबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले स्थानीय तहको निर्वाचनमा धेरै स्थानमा पार्टीले जितेमा राष्ट्रियसभामा आफ्ना प्रतिनिधि लान सकिने र देशको विकासको कामलाई स्थानीय तहबाट उठाएर जनताका चाहनालाई माथि लान सकिने बताउए । “सत्ता गठबन्धनसँग प्रतिस्पर्धा गर्नुपर्छ भन्ने मनोवैज्ञानिक त्रास छ भने हटाउन म साथीहरुलाई आग्रह गर्दछु । ज्येष्ठ नागरिक, युवा, गृहिणी, राष्ट्रसेवक सबैका पक्षमा हामीले सरकारमा हुँदा काम गरेका छौँ”,  उनले भने, “ती सबैले एमालेलाई मत दिने भएपछि हामी पछाडि पर्ने कुनै सम्भावना छैन ।” आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन तोकिएको छ ।

    उनले गत निर्वाचनमा पनि गठबन्धनलाई पराजित गरेर एमाले जस्केलाबाट नभई मूल ढोकाबाट सरकारको नेतृत्वमा पुगेको स्मरण गराउँदै पुनः एमालेले सत्तारोहण गर्ने दावी गरे । अध्यक्ष ओलीले शनिबार नै मदन भण्डारी फाउण्डेशनको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै समृद्ध मुलुक निर्माणको राष्ट्रिय आकांक्षा पूरा गर्न बौद्धिक जगतले जागरण ल्याउने काम गर्नुपर्ने बताए । रासस

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij