images
images

शनिवार, जेठ ५ गते २०८१

संघीयताबाट प्राप्त उपलब्धीको रक्षा गर्नुपर्नेमा जोड

संघीयताबाट प्राप्त उपलब्धीको रक्षा गर्नुपर्नेमा जोड

images
images
images
शनिवार, चैत्र ५ २०७८
शनिवार, चैत्र ५ २०७८
  • संघीयताबाट प्राप्त उपलब्धीको रक्षा गर्नुपर्नेमा जोड

    बुटवल, ५ चैत ।
    संघीयताबाट प्राप्त उपलब्धीको रक्षा गर्दै यसको सही कार्यान्वयन हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । मुलुक संघीय प्रणालीमा गइसकेपछि यसको पक्ष र विपक्षमा बहस हुने गरेको भन्दै उनीहरुले राजनीति सही दिशामा अघि नबढ्दा संघीयताबारे नकारात्मक टिप्पणीहरु हुने गरेको उल्लेख गरेका छन् ।

    images
    images
    images

    आर्थिक अनुसन्धान केन्द्रको आयोजना र समृद्धि सरोकार केन्द्रको सह–आयोजनामा शनिबार बुटवलमा भएको ‘संघीयता : प्राप्त उपलब्धी र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले यस्तो बताएका हुन् ।

    कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले संघीयता मुलुकको लागि आवश्यक हुँदाहुँदै पनि यसको कार्यान्वयन ठीक ढंगले हुन नसकेको बताए । मुलुक संघीयतामा गएको पाँच वर्ष पूरा भएको र यो अवधिमा नियम कानून बनाउनमै समय बितेको भन्दै उनले अब भने यसको ठोस कार्यान्वयन गर्नुपर्ने धारणा रखे । ‘विभिन्न क्षेत्रमा महिला सहभागिता, लक्षित वर्गको लागि छुट्टिने बजेट जस्ता विषय संघीयताका उपलब्धी हुन्, राजनीतिक दल ठिक हुने हो भने संघीयता ठिक दिशामा अघि बढ्छ’–उनले भने ।

    उनले अहिलेको आर्थिक अवस्था ६ महिनासम्म कायम रहेमा औषधि समेत किन्न नसक्ने अवस्थामा नेपाल पुग्ने बताउँदै संघीयताकै कारणले गाउँगाउँमा वाणिज्य बैंकको शाखा विस्तार भएको बताए । संविधानसभाका सदस्य नेत्र पन्थीले जनआन्दोलन, सशस्त्र युद्ध र मधेस आन्दोलनको जगमा संघीयता आएकोले यसको विकल्प खोज्न नहुने र खोजिएमा देश विखण्डनमा पुग्ने भएकोले यसका नराम्रा कुराको न्यूनीकरण गर्दै जानुपर्ने बताए । 

    पत्रकार बालकृष्ण चापागाईंले मोफसल बाहिरबाट संघीयताको समीक्षा सुरुवात भएकोले यसलाई देशव्यापी बनाउन र प्राप्त उपलब्धिलाई सस्थागत गर्न मिडियाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने समय आएको बताए । 

    कार्यक्रममा नेकपा (एमाले)का किसन ज्ञवाली, नेपाली काँग्रेसका प्रेम पौडेल, नेकपा (माओवादी केन्द्र) की मन्जु भुसाल लगायतले पनि संघीयताका बारेमा आ–आफ्नो धारणा राखेका थिए । 

    संघीयताबारे विभिन्न कोणबाट बहस भइरहेकाले यसको कार्यान्वयनको अवस्थाबारे सरोकारवालाहरुको ध्यानाकर्षण गर्न कार्यक्रम गरिएको आर्थिक अनुसन्धान केन्द्रका अध्यक्ष हुमराज भुसालले बताए । कार्यक्रमको समीक्षा लेखक ऋषि आजादले गरेका थिए भने अन्तरक्रियामा गणेश घिमिरे, जीवन परियार लगायतले पनि बोलेका थिए । 

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij