images
images

शनिवार, जेठ ५ गते २०८१

रुपन्देही सुपर लिग : सुपर फोरको पहिलो खेलमा लुम्बिनी खुकुरी विजयी

रुपन्देही सुपर लिग : सुपर फोरको पहिलो खेलमा लुम्बिनी खुकुरी विजयी

images
images
images
शनिवार, चैत्र ५ २०७८
शनिवार, चैत्र ५ २०७८
  • रुपन्देही सुपर लिग : सुपर फोरको पहिलो खेलमा लुम्बिनी खुकुरी विजयी

    भैरहवा, ५ चैत ।
    भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगमा शनिबार भएको सुपर फोरको पहिलो खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लबले मेलवर्न क्रिकेट क्लब (एमसीसी) लाई ९१ रनले पराजित गर्दै जित निकालेको छ ।

    images
    images
    images

    सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको लुम्बिनी खुकुरीले निर्धारित ५० ओभरको खेलमा ४४.१ ओभरमा सबै विकेटको नोक्सानीमा १ सय ५३ रनको योगफल बनायो । उसका लागि शंकर रानाले ५७, दुर्गेश गुप्ताले १९ र धिरज शाहीले १६ रन जोडे । बलिङमा मेलवर्नका रोशनलाल गुप्ताले ४, रमेश कुर्मी, सन्तोष यादव र सविन शाक्यले समान २–२ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको मेलवर्न २४ ओभरमा सबै विकेट गुमाउँदै ६२ रनमै समेटियो । उसका लागि रोशनलाल गुप्ताले २८ र सुशान्त थापाले १२ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । उसलाई सस्तैमा रोक्न बलिङमा लुम्बिनी खुकुरीका दुर्गेश गुप्ताले ४, अजयकुमार चौहानले ३ र लालबहादुर अधिकारीले २ विकेट लिए । दुर्गेश गुप्ता म्यान अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरेको आयोजक संस्था रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङले बताए ।

    चैत १२ गतेसम्म सञ्चालन हुने लिगको विजेताले ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार ट्रफी र प्रमाणपत्र, बेष्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीलाई ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने संघले जनाएको छ ।

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij