२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

नृत्य निर्देशक संघ रुपन्देहीद्वारा होली मिलन

शुक्रवार , चैत्र ४, २०७८

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • बुटवल, ४ चैत । 
    नृत्य निर्देशक संघ रुपन्देहीले मणिग्राममा होली मिलन कार्यक्रम गरेको छ । रंगहरुको पर्व होलीको अवसरमा कुन्जपार्क मणिग्राममा होली मिलन कार्यक्रम गरिएको हो ।

    कार्यक्रममा बोल्दै संघका अध्यक्ष सुन्दर गुरुङले आपसी सम्बन्ध र मेलमिलापको भावनालाई सम्बन्ध अझै प्रगाढ बनाउन यस्ता कार्यक्रम फलदायी हुने बताए । उनले संघले कलाकर्मीहरुको हक हितसंगै यस क्षेत्रको कला र संगीतको क्षेत्रमा नेतृत्वदायी भूमिका खेलेको बताए । 

    राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका लुम्बिनी प्रदेश अध्यक्ष डिल्ली नारायण पाण्डेले कलाकारहरु राष्ट्रका गहना भएको उल्लेख गर्दै उनीहरुको योगदानलाई राज्यले कदर गर्न नसकेको बताए ।

    कार्यक्रममा नृत्य निर्देशक संघका लुम्बिनी प्रदेश अध्यक्ष लोकेन्द्र शाह, मिना बुढाथोकी, सल्लाहकार मनु गुरुङ, माइकल दर्लामी, राजु थापा, तृष्णा श्रेष्ठ, संघका जिल्ला सचिव मोहन गुरुङ लगायतले लगायतले शुभकामना व्यक्त गरेका थिए ।

    होलीलाई त्रेता यूगमा भगवान विष्णुका भक्त प्रल्हादसंग जोडेर हेरिन्छ । हिरण्यकश्यपुका पुत्र प्रल्हादलाई फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनी आफै आगोमा भष्म भएकी थिइन् । सोही दिनदेखि होली पर्व सुरु भएको मानिन्छ ।

    होलीकाले आफूले पाएको अग्नीप्रतिरोधक शक्तिको वरदानलाई दुरुपयोग गरेको हुनाले जलेर मर्नु परेको विश्वास गरिन्छ । यसप्रकार, असत्य माथि सत्यको विजय भएको यही घटनाको स्मृतिमा उल्लाख मनाउन ‘सत्य डग्दैन असत्य टिक्दैन’ भन्ने मान्यताका साथ यो पर्व सुरुवात भएको मानिन्छ ।