२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

लुम्बिनी प्रेस क्लबले होली मिलन समारोह गर्दै

बिहिवार , चैत्र ३, २०७८

भैरहवा, ३ चैत ।
यस क्षेत्रका क्रियाशिल पत्रकारहरुको संस्था लुम्बिनी प्रेस क्लब भैरहवा, रुपन्देहीले चैत ४ गते शुक्रबार (भोलि) होली मिलन समारोहको आयोजना गर्ने भएको छ । संस्कृति संरक्षणका लागि कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष नरेश केसीले बताए । 

क्लबले सिद्धार्थनगर–१२ स्थित जनकपथमा रहेको कार्यालय परिसरमा कार्यक्रमको आयोजना गर्ने कार्यक्रम संयोजक तथा क्लबका सचिव शंकर प्रसाद पाण्डेले बताए । उनले भने, ‘कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुनेछ, सबैलाई उपस्थितिका लागि आग्रह गरेका छौं ।’

पत्रकारको हकहितसँगै क्लबले सामाजिक क्षेत्र अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएको छ ।