२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

नागरिकता अध्यादेशविरुद्ध परेको रिट निवेदन खारेज

बुधवार , चैत्र २, २०७८

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • काठमाडौं, २ चैत ।
    सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता अध्यादेशविरुद्ध परेको रिट निवेदन खारेज गरेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराईको इजलासले आज उक्त रिट निवेदन  खारेज गर्ने फैसला गरेको हो ।
     

    तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७८ जेठ ९ गते अध्यादेश जारी गरेको थियो । सोही जेठ ७ गते मध्यरातमा दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछि सो अध्यादेश जारी गरिएको थियो ।

    सरकारको उक्त कदमविरुद्ध वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेलगायतले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । सर्वोच्च अदालतले सोही जेठ २७ गते सरकारले ल्याएको अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । आज उक्त रिट निवेदन खारेज भएको छ । रासस