२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

भैरहवामा सञ्चालित ७ दिने सीप विकास तालिम सम्पन्न

बुधवार , चैत्र २, २०७८

भैरहवा, २ चैत ।
लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथको आयोजनामा भैरहवामा सञ्चालित ७ दिने सीप विकास तालिम मंगलबार सम्पन्न भएको छ । ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर चुरा, माला, औठी तथा कानबाली बनाउने तालिम गत फागुन २३ गतेदेखि सुरु भएको थियो ।

सिद्धार्थनगर नगरपालिका–९ गोनहियास्थित श्री विन्ध्यवासिनी मिसुजु आधारभूत विद्यालय तालिममा सञ्चालन भएको तालिममा ३० जनाको सहभागिता रहेको कार्यक्रम संयोजक तथा क्लबका प्रथम उपाध्यक्ष साबा खानले बताइन् ।

तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका डिष्ट्रिक गभर्नर राम प्रसाद भट्टले क्लबले महिलाहरुका लागि आयोजना गरेको सीपमूलक तालिम सराहनीय रहेको बताए । उनले भने, ‘जहाँ मानवीय सहयोगको आवश्यकता महसुस हुन्छ, त्यहाँ लायन्सको उपस्थिति हुन्छ ।’

लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथ वर्ष २०२१/२०२२ का अध्यक्ष तनु शर्मा कसौधनले तालिममा सहभागि महिलाहरुलाई रोजगारको समेत व्यवस्था गरिने बताइन् ।

तृप्ती वर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष शेषकान्त भण्डारी, लायन्स डिष्ट्रिक एक्जुकेटिभ चिफ महेशचन्द थापा, डिष्ट्रिक डेपुटी सेक्रेटरी विजय पाण्डे, ए फोर ट्रेनिङ सेन्टर प्रा.लि. भैरहवाका प्रबन्ध निर्देशक हेमा बेल्बासे (के.सी.), लायन्स डिष्ट्रिक जोन चेयरपर्सन अभिनव मयुर कसौधन, रचना क्षेत्री, लायन्स क्लब अफ प्रोग्रेसिभ सिद्धार्थनगरका संस्थापक अध्यक्ष सार्दूल मयुर कसौधन, श्री विन्ध्यवासिनी मिसुजु आधारभूत विद्यालयका प्रधानाध्यापक चर्तुभुज रेग्मी लगायतको उपस्थिति रहेको थियो ।

275625169_489674175939605_4537777566752027094_n.jpg

लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथले सिद्धार्थनगर–९ स्थित गोनहियामा ‘माई लायन भिलेज–गोनहिया’ सञ्चालन गर्दैै आएको छ ।