मंगलवार , चैत्र १, २०७८
बुटवल, १ चैत ।
हाटबजार व्यवसायी संघ, जिल्ला समिति रुपन्देहीको १६ औं साधारणसभा तथा ९ औं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले पुनः टेक बहादुर जिसीको अध्यक्षतामा २४ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो ।
जसको उपाध्यक्षमा कृष्ण पौडेल, महिला उपाध्यक्षमा शोभा पोखरेल, महासचिवमा हुमाराम पोखरेल, सचिवमा जयन्त घर्ती, सह–सचिवमा निर्मल पौडेल र कोषाध्यक्षमा ईश्वरी भट्टराई रहेको निर्वाचन समितिका संयोजक प्रकाश खनालले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij