images
images

शनिवार, जेठ ५ गते २०८१

शंकरनगर सामुदायिक वनमा १११ जनाद्वारा रक्तदान

शंकरनगर सामुदायिक वनमा १११ जनाद्वारा रक्तदान

images
images
images
मंगलवार, चैत्र १ २०७८
मंगलवार, चैत्र १ २०७८
  • शंकरनगर सामुदायिक वनमा १११ जनाद्वारा रक्तदान

    तिलोत्तमा, १ चैत ।
    शंकरनगर सामुदायिक वन उपभोक्ता समूहले मंगलबार बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । समूहमा नयाँ कार्यसमिति निर्वाचित भएर आएको एक वर्ष पुगेको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरिएको हो ।

    images
    images
    images

    लुम्बिनी प्रदेशका पूर्व पर्यटन मन्त्री लिला गिरीले प्रथम रक्तदाता समूहका सल्लाहकार मोहन चापागाईंलाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए । त्यस अवसरमा उनले सामुदायिक वनले गरेको यो कार्य निकै सह्रानीय रहेको बताए । त्यस्तै मानवीय र रचनात्मक कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिन उनले आग्रह गरे ।

    कार्यक्रममा १११ जनाले रक्तदान गरेको सामुदायिक वनका अध्यक्ष रवि बस्नेतले जानकारी दिए । कार्यक्रममा उपस्थित डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख बोधराज सुवेदीले उत्साहजनक रुपमा भएको रक्तदान कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गरेको बताए ।

    समूहका सल्लाहकार मोहन चापागाईंले प्रथम रक्तदाताको रुपमा आफूले रक्तदान गर्न पाउँदा खुशी लागेको बताउँदै सामाजिक कार्यले नै उपभोक्ताको विश्वास जित्न सकिने बताए । त्यस अवसरमा संस्थाका उपाध्यक्ष कमला ज्ञवाली, सचिव कालिका अधिकारी लगायतले रक्तदान कार्यक्रमको औचित्यबारे प्रकाश पारेका थिए ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij