२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

रुपन्देही सुनचाँदी व्यवसायी संघको छैठौं साधारणसभा

मंगलवार , चैत्र १, २०७८

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • बुटवल, १ चैत ।
    रुपन्देही सुनचाँदी व्यवसायी संघको छैठौं साधारणसभा सोमबार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मनिकरत्न शाक्यले महासंघ सम्पूर्ण सुनचाँदी व्यवसायीहरुको अभिभावक संघ भएकाले संघ व्यवसायीहरुको सुखदुःखमा साथमा रहने बताए । व्यवसायीहरूको कच्चा पदार्थको रूपमा रहेको सुनको आयात कम रहेकाले आयतको मात्र बढाउन सरकारसँग अपिल गर्ने बताए । साथै अब छिट्टै सरकारद्वारा सुनचाँदी खरिद विक्री निर्देशिका बनाउने कार्य सम्पन्न हुन लागेको जनाउँदै सम्पूर्ण व्यवसायीहरूले ग्राहकको हितमा रहेर व्यवसाय गर्न आग्रह समेत गरेका छन् ।

    कार्यक्रममा नापतौल विभाग रुपन्देही प्रमुख शम्भु कुमार झा ,सुनचाँदी विज्ञ परामर्श समिति संयोजक प्रेम कुमार सेञ्चुरी, सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष जोगलाल विश्वकर्मा, नेपाल सुनचाँदी ब्यवसायी महासंघका सदस्य एम.बी. विश्वकर्मा, सुनचाँदी व्यवसायी संघ लुम्बिनी प्रदेशका सचिव डिल बहादुर खाती, सल्लाहकार ज्योतीलाल बिक, डम्बरलाल रामदाम, सुरेशरत्न बज्राचार्य, बुटवल सुनचाँदी व्यवसायी संघ अध्यक्ष गोकुल वि.क., सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघ अध्यक्ष प्रकाशमणि वि.क. लगायतले बोल्दै  सुनचाँदी व्यवसाय अति संवेदनशिल व्यवसाय भएकाले राज्यले सुरक्षा दिनुपर्ने तथा व्यवसायीहरुलाई आवश्यक पर्ने सुन सहज रुपमा उपलब्ध गराउनुपर्ने बताए ।

    साधारणसभामा अध्यक्ष र सचिबको प्रतिवेदन तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन समेत पारित भएको थियो । कार्यक्रम रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष राम किसन वि..क. को अध्यक्षता, बरिष्ठ उपाध्यक्ष यसरत्न बज्राचार्यको स्वागत तथा महासचिव सिताराम रसाइलीको सञ्चालनमा सम्पन्न भएको थियो ।