images
images

शनिवार, जेठ ५ गते २०८१

समुन्द्रको झल्को दिने ‘रेडसन वाटर फन पार्क’ सञ्चालनमा

समुन्द्रको झल्को दिने ‘रेडसन वाटर फन पार्क’ सञ्चालनमा

images
images
images
मंगलवार, चैत्र १ २०७८
मंगलवार, चैत्र १ २०७८
  • समुन्द्रको झल्को दिने ‘रेडसन वाटर फन पार्क’ सञ्चालनमा

    भैरहवा, १ चैत ।
    २०७६ साल भदौमा निर्माण गरी सञ्चालनको प्रक्रियामा रहँदा कोरोना महामारीका कारण बन्द भएको रेडसन वाटर फन पार्क पुनः सञ्चालनमा आएको छ । रुपन्देहीको ओमसतिया गाउँपालिका–४ स्थित बसन्तपुरमा रहेका फनपार्क सञ्चालनमा आएको सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

    images
    images
    images

    IMG_4393.JPG

    हालसम्म १५ करोड बढी लगानी भइसकेको यो वाटर फनपार्कमा नेपालमै पहिलो पटक समुन्द्रको झल्को दिने वेभ पुल निर्माण गरिएको पार्कका निर्देशक बुद्धिराम यादवले बताए । हालसम्म १५ करोड रुपैयाँ बढी लगाइनी भइसकेको यो पार्कमा १५ फिटको स्लाईडिंग, रेन डान्स, लेजी रिभर, बच्चाहरुको बेबी स्लाईडिंग, जेट स्प्रे, अम्ब्रेला सावर लगायत विभिन्न मनोरञ्जनात्मक गतिविधि रहने निर्देशक यादवले बताए । उनले भने, ‘२ किलोमिटर कृत्रिम खोला समेत निर्माण भएको र त्यहाँ पाइडेल बोटिंगको व्यवस्था छ ।’

    यो वाटर पार्क भैरहवा घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने र बसाई अवधि लम्ब्याउन सहयोगी बन्नेमा प्रयास रहने रेडसन वाटर फन पार्कका सेल्स एण्ड मार्केटिंग म्यानेर अमृत कुमार खनालले बताए । उनले वाटर पार्कमा प्रवेशका लागि अहिले ३ सय रुपैयाँ र बालबालिकालाई २५० रुपैयाँ तोकिएको बताए । बिहान ९ बजेदेखि ८ बजेसम्म पार्कमा बिताउन सकिने तथा एकपटक प्रवेश टिकट काटेपछि दिनभर बस्न सकिने व्यवस्था रहेको खनालले बताए । ‘यहाँ आउनेका लागि रेष्टुरेण्ट र चारैतिर दृष्यावलोकन मिल्ने स्थान समेत रहेको छ, ’उनले भने ।

    IMG_4323.JPG

    साढे ४ विगाहा क्षेत्रफलमा रहेको यो पार्क पश्चिम नेपालकै उत्कृष्ट गन्तव्य बनाउने गरी अन्य पूर्वाधार समेत तयार गर्दै जाने र सबै पुरा हुँदा कम्तीमा ३० करोड खर्च लाग्ने अनुमान रहेको वाटर फन पार्कका महाप्रबन्धक मनिष श्रीवास्तवले बताए । यही क्षेत्रमा विगत साढे ६ वर्षदेखि होटल बोधी रेडसन सञ्चालनमा रहेको छ ।

    IMG_4369.JPG
    IMG_4329.JPG
    IMG_4327.JPG
    IMG_4324.JPG

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij