images
images

शनिवार, जेठ ५ गते २०८१

‘एमाले सधैँ मधेशको पक्षमा छ’

‘एमाले सधैँ मधेशको पक्षमा छ’

images
images
images
सोमवार, फाल्गुण ३० २०७८
सोमवार, फाल्गुण ३० २०७८
  • ‘एमाले सधैँ मधेशको पक्षमा छ’
    फाइल तस्विर

    धनुषा, ३० फागुन ।
    नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले एमाले सधैँ मधेशको पक्षमा रहेको दावी गरेका छन् । एमाले धनुषाको सातौँ जिल्ला अधिवेशनको उदघाटन समारोहलाई सोमबार जनकपुरधाममा सम्बोधन गर्दै उनले मधेशमा रहेको भेदभाव र गरिबीविरुद्ध एमाले उभेको जिकिर गरे । उनले भने, “एमाले कुनै नेताको पार्टी होइन, जनताको पार्टी हो ।” एमालेको भाग्य र भविष्य जनतासँग जोडिएको उनको तर्क थियो । 

    images
    images
    images

    एमालेका सचिव रघुविर महासेठले एमाले मधेशमैत्री पार्टी भएको भन्दै एमाले नेतृत्वको सरकारले मधेशका लागि २५० वर्षमा हुन नसकेका काम तीन वर्षमा गरेको जिकिर गरे । जिल्ला अध्यक्ष राजकिशोर यादवको अध्यक्षतामा भएको उद्घाटन सत्रमा एमालेका पोलिटब्यूरो सदस्य एवं मधेश प्रदेशका सह–इञ्चार्ज लिलानाथ श्रेष्ठ, जुलीकुमारी महतोसहितका नेताहरूले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए । रासस

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij