images
images

शनिवार, जेठ ५ गते २०८१

जनताको भावना बुझेर कांग्रेसले गठबन्धनबारे निर्णय लिन्छ : नेता सिंह

जनताको भावना बुझेर कांग्रेसले गठबन्धनबारे निर्णय लिन्छ : नेता सिंह

images
images
images
सोमवार, फाल्गुण ३० २०७८
सोमवार, फाल्गुण ३० २०७८
  • जनताको भावना बुझेर कांग्रेसले गठबन्धनबारे निर्णय लिन्छ : नेता सिंह

    काठमाडौँ, ३० फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको भावना बुझेर कांग्रेसले गठबन्धनबारे निर्णय लिने बताएका छन्।

    images
    images
    images

    नेपाली कांग्रेसले सुरु गरेको ‘घरघर जाउँ, कांग्रेस जिताउँ’ एकमहिने कार्यक्रमअन्तर्गत आज मीनभवनमा आयोजित कार्यक्रममा उहाँले जनताको राय र सुझावका आधारमा निर्वाचनमा गठबन्धन गर्ने नगर्नेबारे पार्टीले निर्णय लिने बताएका हुन् ।

    “कांग्रेस एकमहिने अभियान लिएर जनताको घरदैलोमा गएको छ, जनता र पार्टीका कार्यकर्ताले दिएको राय, सुझावलाई लिएर कांग्रेसले स्थानीय तहको निर्वाचनमा अरु पार्टीसँग गठबन्धन गर्ने वा नगर्नेबारे निर्णय लिन्छ”, उनले भने ।

    नेता सिंहले अहिलेको गठबन्धनको निर्माण कांग्रेसको रहर नभई बाध्यता भएको भन्दै संविधानलाई सही दिशामा लैजानका लागि सरकारले काम गर्ने बताए ।

    आम नागरिकले सहजरूपमा न्याय पाउन नसकेकाले प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउन परेको उनको भनाइ थियो । पार्टीका पूर्वमहामन्त्री सिंहले अमेरिकी सहयोग सम्झौता (एमसिसी)का बारेमा विभिन्न राजनीतिक दलले जनतामा भ्रम छर्ने काम गरेको भन्दै एमसीसीका बारेमा जनतालाई बुझाउनु जरुरी रहेको उल्लेख गरे । 

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij