२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

एमालेबाट निर्वाचित सिद्धार्थनगर-१३ का पूर्व वडाअध्यक्ष राप्रपामा प्रवेश

सोमवार , फाल्गुण ३०, २०७८

  • 5.6K
    Shares
  • 5.6K
    Shares
  • भैरहवा, ३० फागुन ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ का पूर्व वडाअध्यक्ष मदन कुमार श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् । राप्रपा सिद्धार्थनगर–१३ वडा कमिटीले आइतबार भैरहवामा आयोजना गरेको भेला तथा पार्टी प्रवेश कार्यक्रममा श्रेष्ठ राप्रपामा प्रवेश गरेका हुन् । उनलाई कार्यक्रमका प्रमुख अतिथि राप्रपा रुपन्देहीका अध्यक्ष तथा पूर्व नगरप्रमुख सागर प्रताप राणाले पार्टीमा स्वागत गरेका थिए । श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट लगातार दुईपटक सिद्धार्थनगर वडा नम्बर १३ को वडाअध्यक्षमा निर्वाचित भएका थिए ।

    त्यस्तै कार्यक्रममा एमालेका माधव खनाल, नेकपा (माओवादी केन्द्र) सिद्धार्थनगर कमिटी सदस्य सन्जु पुन सहित १९ जना राप्रपामा प्रवेश गरेका छन् ।

    275758818_135329119010253_353831512276644772_n.jpg

    राप्रपा इकाई अध्यक्ष सौरभ राजभण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश प्रदेश सदस्य विश्व प्रकाश श्रेष्ठ, जिल्ला निर्वाचन परिचालन समिति संयोजक तथा पार्टीका जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता, सल्लाहकार कृष्ण प्रसाद भण्डारी, जिल्ला कोषाध्यक्ष राजेश ढकाल, प्रदेश ३ (क) अध्यक्ष अर्जुन थापा, नगर अध्यक्ष चन्द्रभक्त  श्रेष्ठ, नेताहरु शंकर खत्री, विरेन्द्र ज्ञवाली, तारा गुरुङ, प्रकाश ढाडी, मुक्तिनाथ यादव (भोला), नारायण उपाध्याय लगायतको उपस्थिति रहेको थियो ।