२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

सुनौलो भविष्यमा पुनः ढकाल

आइतवार , फाल्गुण २९, २०७८

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • बुटवल, २९ फागुन ।
    सुनौलो भविष्य पुरुष जागरण समुहको आइतबार छैठौ साधारणसभा तथा तेस्रो अधिवेशनबाट पुनः पदम प्रसाद ढकाल (सुरज) को अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत चयन भएका छन् । जसको उपाध्यक्षमा जयप्रसाद काफले, सचिवमा राजन मल्ल, भुमिश्वर काफले, कोषाध्यक्षमा हरि शाह, सदस्यहरुमा छम बहादुर मल्ल, अम्मर बहादुर खत्री, भिम बहादुर खत्री, राजु सुवेदी, सागर शर्मा, ओम प्रसाद पौडेल, राम बहादुर रेग्मी र धन बहादुर शाही सर्वसम्मत चयन भएका हुन । 

    समूहको बैठकबाट लेखा समिति संयोजकमा बिर बहादुर थापा, सदस्यमा सतिश रायमाझी, दिपक क्षेत्री तथा सल्लाहकार समितिमा चित्र बहादुर सापकोटा, बिर बहादुर बुढाथोकी, चित्र बहादुर राना र भोलानाथ भुसाल मनोनित भएका छन् ।

    कार्यक्रमको समूहका जेष्ठ सदस्य टेक बहादुर थापाले उद्घाटन गर्दै समाज रुपान्तरणमा सामाजिक संघ–संस्थाहरुको भूमिका महत्वपूर्ण रहेको बताए । 

    कार्यक्रममा समूहको वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै अध्यक्ष पदम प्रसाद ढकालले स्थापनाको छोटो समयमा सामाजिक हितका सचेतना र नमूना काममा आफुहरु अग्रसर रहेको बताए । स्वास्थ्य, शिक्षालाई प्राथमिकतामा राखेर शिविर, फोहोर व्यवस्थापनका कार्यहरुमा स्थानीय सरकारसंग सहकार्यमा काम गरेको उनले बताए । समूहको अगुवाईमा क्रियापुत्री भवन निमार्णको अभियान थालिएको उनले बताए ।

    कार्यक्रममा संस्थाका सचिव राजन मल्ल, कोषाध्यक्ष हरि शाह, सह–सचिव भुमिश्वर काफले, सदस्य शिव राना, समाजसेवी यदु पोख्रेलले बोलेका थिए । 

    यसैबीच स्थापना दिवसकै अवसर पारेर समुहले चंम्किपुरस्थित दुर्गा भवानी मन्दिर परिसरमा रक्तदान कार्यक्रम गरेको छ । नेपाल रक्त संचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान जीवनदान भन्ने मूल नारासहित आयोजना गरिएको कार्यक्रम ५० युनिट रगत संकलन भएको संस्थाका उपाध्यक्ष जय प्रसाद काफलेले बताए ।