आइतवार , फाल्गुण २९, २०७८
भैरहवा, २९ फागुन ।
रोट्रयाक्ट क्लब अफ रुपन्देहीले ट्राफिक प्रहरी पोष्ट मंगलापुर, रुपन्देहीलाई ट्राफिक व्यवस्थापनका लागि ट्राफिक सचेतना तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । क्लबले ‘रोट्रयाक्ट सप्ताह’ को अवसर पारेर आइतबार उक्त सामग्री हस्तान्तरण गरेको कार्यक्रम संयोजक सन्देश पोखरेलले बताए । ‘ट्राफिक व्यवस्थापनका लागि खटिने ट्राफिक प्रहरीलाई केही भए पनि सहज होस् भन्ने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको हो, ’उनले भने । क्लबले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको पोखरेलले बताए ।
क्लबका अध्यक्ष सन्दिप पाण्डेले ट्राफिक प्रहरी पोष्ट मंगलापुरका प्रमुख प्रहरी नायब निरीक्षक राजकुमार चापागाई उक्त सामग्री हस्तान्तरण गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij