आइतवार , फाल्गुण २९, २०७८
भैरहवा, २९ फागुन ।
भैरहवास्थित सिद्धार्थ विश्वज्योति कम्पनी प्रा.लि.ले ‘फोर्स गोर्खा’ जीप भित्राएको छ । भारतमा अत्याधिक रुचाइएको यो गाडी नेपालका लागि आधिकारिक आयातकर्ता सिद्धार्थ विश्वज्योति कम्पनी प्रा.लि.का अध्यक्ष दिनेश मान अमात्यले बताए । यो गाडीको सुरुवाती मूल्य ७८ लाख ९९ हजार रहेको तथा बुकिङ सुरु भएको प्रा.लि.का प्रबन्ध निर्देशक प्रबिन कुमार भारीले बताए ।
विशेषतः अफरोड र एड्भेन्चर ट्राभल मन पराउने ग्राहकको लागि लक्षित गरी बनेको फोर्स गोर्खामा विश्व प्रसिद्ध मर्सिडिज बेन्जको २.६ लिटर इञ्जिन, गियरवक्स र एक्सल जडान गरिएको छ ।
फोर्स गोर्खामा पावरफुल फोर ह्वील ड्राइभ, अगाडी र पछाडी दुवै एक्सलमा म्यानुअल डिफ्रेन्सियल लक, ३५ डिग्री ग्रेडेबिलिटी र उच्च ग्राउण्ड क्लियरेन्स भएकोले जस्तासुकै बाटोमा उपयुक्त रहेको छ ।
साथै बल्की डिजाइन र बोल्ड लुक्स भएको फोर्स गोर्खामा डीआरएलसहितको आकर्षक एलईडी हेडल्याम्प, टिल्ट एण्ड टेलिस्कोपिक स्टेयरिङ, एड्भान्स इन्फोटेनमेन्ट सिस्टम, लक्जरियस पाइलट सिट, क्वाइल स्प्रिङ सस्पेन्सज जस्ता फिचर रहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij