शनिवार , फाल्गुण २८, २०७८
भैरहवा, २८ फागुन ।
भैरहवाको उद्गम भैरहवा गाउँमा टोल विकास समिति गठन भएको छ । शनिबार भैरहवामा एक भेलाको आयोजना गरी समिति गठन गरिएको हो । समितिको अध्यक्षमा राजाराम ढाडी, सचिवमा विनोद विश्वकर्मा, कोषाध्यक्षमा मोहम्मद अनवर खान, सह–सचिवमा सोनु विश्वकर्मा, सदस्यहरुमा राहुल गुप्ता तथा श्रीनिवास धोबी रहेका छन् ।
स्थानीय रुपमा उपलब्ध श्रम, सीप र साधन तथा अवसरहरूलाई अधिकतम परिचालन गदै नगरको सामाजिक तथा आर्थिक व्यवस्थामा सहयोग गरी गरिबी न्यूनीकरणको प्रयास स्वरुप समिति गठन गरिएको अध्यक्ष राजाराम ढाडीेले बताए । समितिले सहभागितात्मक योजना तर्जुमा गर्ने तथा आफ्नो टोलको समग्र विकास गर्ने वातावरण सिर्जना गर्न पहल गर्ने जनाइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भिमसेन कर्माचार्यले टोल वस्ती स्तरमा समानता र समताको भावना जागृत गराउन, आपसी सद्भाव, समझदारी, समन्वय र मेलमिलाप कायम गराउन समितिले अहम भूमिका खेल्नुपर्ने बताए । उनले टोलमा कुनै पनि प्रकारको राजनैतिक पूर्वाग्राह नराखी स्वच्छ रुपमा टोलको विकासमा मात्र लाग्न समितिलाई सुझाव दिए ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भिमसेन कर्माचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानीय समाजसेवी चन्द्रभक्त श्रेष्ठ, माधव कोइराला लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन स्थानीय राधेश्याम विश्वकर्माले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij