२०८२, कार्तिक २२ गते

Nov 08 2025 | २०८२, कार्तिक २२ गते

लियो प्रोग्रेसिभ सिद्धार्थनगरले मानव सेवा आश्रममा खुवायो खाना

शनिवार , फाल्गुण २८, २०७८

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • भैरहवा, २८ फागुन ।
    लियो क्लब अफ प्रोग्रेसिभ सिद्धार्थनगरले बुटवलस्थित मानव सेवा आश्रममा शुक्रबार खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । आश्रममा १६० जनालाई खाना खुवाइएको क्लबका संस्थापक अध्यक्ष कमल परियारले बताए ।

    हाल विदेशमा रहेका राजदिप केसीको छोरी निर्वाना केसीको जन्मदिनको अवसर पारेर आश्रममा खाना खुवाइएको क्लबका सचिव सुन्दर के.सी.ले बताए । उनले भने, ‘राजदिपको छोरी निर्वानाको जन्मदिन वृद्धाआश्रम, बालगृहमा मनाउने क्रममा यस वर्ष लियो क्लब अफ प्रोग्रेसिभ सिद्धार्थनगरले मानव सेवा आश्रममा खाना खुवाएर मनाइएको छ ।’

    त्यस्तै लायन्स क्लब अफ प्रोग्रेसिभ सिद्धार्थनगरले भैरहवास्थित सिद्धार्थ बालगृहमा खाना र मिठाइ खुवाउँदै केट काटेर निर्वाना केसीको जन्मदिन मनाएको छ ।