images

आइतवार, बैशाख २३ गते २०८१

अपांगता भएका व्यक्तिका व्यवसायलाई उपेक्षा नगर्न आग्रह

अपांगता भएका व्यक्तिका व्यवसायलाई उपेक्षा नगर्न आग्रह

images
images
images
शुक्रवार, फाल्गुण २७ २०७८
शुक्रवार, फाल्गुण २७ २०७८
  • अपांगता भएका व्यक्तिका व्यवसायलाई उपेक्षा नगर्न आग्रह

    बुटवल, २७ फागुन ।
    अपांगता भएका व्यक्तिले सञ्चालन गरेका उद्योगहरु र व्यवसायलाई उपेक्षा नगर्न सरोकारवालाहरुले जोड दिएका छन् । उनीहरुले बाँच्नको लागि गरेको व्यवसायलाई प्रोत्साहन गर्न सरोकारवालाहरुले माग गरेका हुन् ।

    images
    images
    images

    द ल्याप्रोसी मिसन नेपालको फाउण्ड परियोजना बुटवलको आयोजना तथा राष्ट्रिय अपांग महासंघ नेपाल तथा नेपाल उद्योग वाणिज्य महासंघको समन्वयमा आयोजित स्वरोजगारीमा जोडिएका अपांगता भएका व्यक्तिहरुसंग अन्तरक्रिया तथा उत्प्रेरणा अभिवृद्धि कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन् ।

    कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य विष्णुप्रसाद पन्थीले अपांगता हुँदैमा जीवनमा केही गर्न सकिन्न भन्ने सोचलाई चिर्दै रोजगारी र स्वरोजगार समेत बन्न सकिने भएकोले हिम्मतले काम गर्न आग्रह गरे । उनले अपांगता भएका व्यक्तिले सञ्चालन गरेका व्यवसायलाई सबैले सहयोग गर्नुपर्ने बताए । उनले आर्थिक अवस्था कमजोर भएको समयमा नकारात्मक सोचहरु र क्रियाकलाप हुने बताउँदै स्वरोजगार बन्ने र स्वरोजगार बन्न सिकाउने कार्यको प्रशंसा गरेका थिए । उनले अपांगता भएका व्यक्तिहरुका जुनसुकै व्यवसाय नितान्त जीवनयापनको लागि मात्रै गरिएको बताउँदै सक्दो सहयोग गर्नुपर्ने बताए । उनले आवश्यक सहकार्यको लागि प्रदेश सरकार तयार रहेको पनि बताए । 

    कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले आफ्नो खर्च आफ्नै चलाउन सक्ने वातावरण फाउण्ड परियोजनाले बनाएको भन्दै अपांगता भएका व्यक्तिहरुका व्यवसायीलाई सहयोग गर्नुपर्ने बताए । 

    हातखुट्टा कमजोरी भएर अपांगता भएका रुपन्देहीको शुद्धोधन गाउँपालिका–२ का नारायण मरासिनीले झोल साबुन उत्पादन एवं विक्री वितरण गर्दै आएको बताउँदै अपांग भएकै कारणले बजारमा प्रतिष्पर्धा गर्न नसकेको गुनासो गरे । उनले उत्पादित सामग्री विक्री वितरण गर्न एक्लै काम गाह्रो भएको गुनासो गरे । उनले हाल एक साङ व्यक्तिलाई रोजगारी दिएको बताए । अपांगता भएका व्यक्तिले ल्याएको सामग्री भन्दै कहिलेकाहीँ नराम्रो व्यवहार सहनु परेको बताउँदै यो कार्यको अन्त्य हुनुपर्ने बताए । उनले यो कार्य अब सहन नपर्ने वातावरण बनाउन आग्रह गरे । 

    यता बुटवल उपमहानगरपालिका १४ का दृष्टिबिहीन टंक सुनारले आफुले अगरबत्ती, हार्पिक तथा झोल साबुन मात्रै उत्पादन गर्ने बताउँदै यसले व्यवसाय अगाडि बढ्न नपाएको गुनासो गरे । उनले अन्य सामग्रीहरु पनि उत्पादन गर्न पाएमा विक्री बढ्ने बताए । उनले अपांगले सपाङ सरह काम गर्न सक्ने भएकोले विभेद अन्त्य हुनुपर्ने बताए । 

    फाउण्ड परियोजनाका व्यवसाय बित्त अधिकृत रमेश पोख्रेलले फाउण्ड परियोजनाले गरेका कामहरुको बारेमा जानकारी गराउँदै बेरोजगार अपांगता भएकालाई रोजगारी र स्वरोजगारमा व्यवस्थापनको कामहरु गरिरहेको बताए । उनले सम्मानजनक जीवनयापनका लागि व्यवसाय गर्न आग्रह गरे । 

    रुपन्देही र कपिलवस्तु कार्यक्षेत्र रहेको फाउण्ड परियोजनामा अहिलेसम्म ६ सय ४७ जना अपांगता भएका व्यक्तिहरू जोडिएको फाउण्डेशनका बुटवल क्लसटर म्यानेजर राम दयाल यादवले जानकारी दिए । 

    IMG_20220311_123952.jpg

    परियोजनाका व्यवसाय बित्त अधिकारी ढाकाराम अधिकारीले परियोजनामा जोडिएकामध्ये ९३ जनालाई विभिन्न तालिम, २५ जनालाई कार्यस्थलमा तालिम दिइएको बताए । 

    परियोजनामा जोडिएकामध्ये ७६ जनालाई औपचारिक रोजगारी, १ सय २५ जनालाई स्वरोजगार तथा १७ जनालाई आवश्यक सामाग्री तथा उपकरण प्रदान गरिएको परियोजनाकी रोजगार परामर्श अधिकृत राधा अधिकारी भट्टराईले जानकारी दिइन् । उनले अहिलेसम्म १०९ रोजगारदाता परियोजनासंग जोडिएको जानकारी दिदै ५६ रोजगारदाताले रोजगार प्रदान गरेको जानकारी दिइन् ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij