images

आइतवार, बैशाख २३ गते २०८१

तिलोत्तमा : एमालेबाटै चारजना आकांक्षी

तिलोत्तमा : एमालेबाटै चारजना आकांक्षी

images
images
images
शुक्रवार, फाल्गुण २७ २०७८
शुक्रवार, फाल्गुण २७ २०७८
  • तिलोत्तमा : एमालेबाटै चारजना आकांक्षी

    भैरहवा, २७ फागुन । आगामी स्थानीय तहको निर्वाचनलाई लिएर रुपन्देहीको तिलोत्तमामा जोड घटाउ सुरु हुन लागेको छ । गएको निर्वाचनमा प्रमुख र उपप्रमुखसहित १३ वटा वडामा आफ्नो पकड कायम गरेको एमाले त्यो विरासतलाई जोगाउने गरी रणनीति बनाएको छ भने काँग्रेसले पराजयको बदला लिने दाउमा छ । यद्यपि दुवै पार्टीमा आकांक्षीहरुको व्यवस्थापन भने चुनौतीपूर्ण देखिएको छ ।

    images
    images
    images

    तिलोत्तमा गृहमन्त्री तथा कांग्रेस प्रभावशाली नेता बालकृष्ण खाँण र एमाले नेता तथा पूर्वमन्त्री घनश्याम भुसालको गृह नगर पनि हो । आगामी निर्वाचनका लागि एमालेबाट मात्रै नगर प्रमुखका लागि चारजना आकांक्षी देखिएका छन् । वडा तहमा समेत वडाअध्यक्ष हुनका लागि स्थानीय नेताले लबिङ सुरु गरेका छन् ।

    २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट नगर प्रमुखमा बासुदेव घिमिरे र उपप्रमुखमा जागेश्वरीदेवी चौधरी निर्वाचित भएका थिए । घिमिरेसँग पराजित भएका नेता रामकृष्ण खाँण अहिले काँग्रेस रुपन्देहीको जिल्ला सभापति छन् ।

    आसन्न निर्वाचनमा एमालेबाट नगर प्रमुखमा मोहन चापागाईं, पार्टी जिल्ला सचिव यज्ञ गैरे, हालका मेयर बासुदेव घिमिरे र जिल्ला सचिवालय सदस्य तथा नगर इञ्चार्ज दिनेश फुल्लेल दाबेदार छन् । नगर उपप्रमुख जागेश्वरी चौधरीको पनि प्रमुखमा दावी छ । यसपालि महिलालाई टिकट दिनुपर्ने बताउँदै चौधरीले उपप्रमुख भएकाले आफ्नो दावेदारी स्वभाविक रहेको बताइन् ।

    चापागाईंले अबको तिलोत्तको नेतृत्वमा पार्टीको तर्फबाट आफूलाई अगाडि सार्नुपर्ने बताए । ‘राम्रो काम गरेकाहरू माथिल्लो तहमा जाने हो,’ चापागाईंले भने, ‘विगतमा अन्याय भएकाहरूलाई यो पटक अवसर दिनुपर्छ ।’ चापागाईंलाई नगर प्रमुखको टिकट दिने निर्णय अघिल्लो निर्वाचनमै एमालेले गरेको थियो । तर उक्त निर्णय उल्ट्याउँदै पछि बासुदेव घिमिरेलाई एमालेले टिकट दिएको थियो ।

    विगतको निर्वाचनमा निर्णय भएर पछि हटेको गुन तिर्नका लागि र न्याय गर्नका लागि पनि चापागाईलाई टिकट दिनुपर्ने अधिकांशको मत छ ।  उनले पञ्चायतकालदेखि पार्टी, विद्यार्थी राजनीति, अकोराब, नेपाल पत्रकार महासंघ, प्रेस चौतारी, नेपाल लगायतका संगठनमा रहेर काम गरेका छन् । चापागाईंमा सबैलाई मिलाएर लैजान सक्ने क्षमता पनि छ । उनी आन्दोलनको अग्रमोर्चामा खटिने नेतामा पर्छन् ।

    अर्का आकांक्षी यज्ञ गैरेले निरन्तर पार्टी काम र जनताको बीचमा पुगेर काम गरेकाले यस पटक आफूलाई अवसर दिनुपर्ने दावी गरेका छन् । गैरे बुटवल बहुमुखी क्याम्पसको पूर्व स्ववियू सभापति, ५ कार्यकाल जिल्ला कमिटीमा काम गर्दै अहिले एमाले जिल्ला सचिव छन् ।

    त्यस्तै अर्का आकांक्षी दिनेश फुल्लेल एमाले रुपन्देहीको सचिवालय सदस्य तथा तिलोत्तमा नगर इन्चार्ज छन् । उनी यातायात मजदूर तथा व्यवसायी भलाई कोषको अध्यक्ष समेत हुन् । सबैलाई मिलाएर लैजाने सक्ने क्षमता उनमा र छ । “मैले यसबीचमा जनताका बीचमा रहेर सुख दुःखमा साथ दिने अवसर पाएको छु भने जनताको भावना बुझेको छु, पार्टीमा सबैलाई सन्तुलन मिलाएर लैजानका लागि पनि पार्टीले यसपटक मलाई अवसर दिन्छ भन्ने विश्वास छ”–फुल्लेलले भने ।

    अघिल्लो चुनावमा नेपाली कांग्रेसले जनमुक्ति पार्टीसँग गठबन्धन गर्दा समेत नगर प्रमुखमा घिमिरेले झण्डै २ हजार ३ सय मतान्तरले जितेका थिए । गठबन्धनको चर्चा व्यापक भइरहँदा एमालेले पुनः घिमिरेलाई नै टिकट दिँदा सहज हुने चर्चा पनि छ ।

    काँग्रेसमा तिलोत्तमा नगर प्रमुखमा अघिल्लो निर्वाचनका उपविजेता बनेका रामकृष्ण खाँणको कम चर्चा छ । किनकी उनी अहिले पार्टीको जिल्ला सभापति छन् । काँग्रेस वृत्तमा नेताहरू रोमणीप्रसाद पाठक, गुणनिधी भण्डारी, नारायण न्यौपाने लगायतको चर्चा छ । कांग्रेस महासमिति सदस्य समेत रहेका पाठकले पार्टी नेतृत्वले सुझबुझ ढंगले अगाडि सारे नेतृत्वका लागि तयार रहेको बताए । उनी काँग्रेसका पूरा नेता हुन् ।

    पाठक संस्थापनइतर समूहका नेता हुन् । उद्योगी व्यवसायी समेत रहेका भण्डारी गृहमन्त्री खाँण निकट मानिन्छन् । न्यौपाने पार्टीको नगर सभापतिमा हरिलाल पाण्डेसँग पराजित भएका थिए ।

    नेकपा एमालेले कसलाई टिकट दिन्छ भन्ने कुरामा अहिले सबैतिर चासो छ । राम्रो काम गरेकाले थप एक कार्यकाल नगर प्रमुखको टिकट बासुदेव घिमिरेलाई नै दिनुपर्ने मत पार्टीभित्र छ भने कतिपयले उनलाई प्रदेश वा संघमा पठाएर काम गर्ने फराकिलो ठाउँ दिनुपर्ने बताउँछन् । नगरप्रमुख घिमिरेले आफ्नो उम्मेदवारीका सन्दर्भमा केही सार्वजनिक गरेका छैनन् । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij