images

आइतवार, बैशाख २३ गते २०८१

ताप्लेजुङ सदरमुकाममा आगलागी

ताप्लेजुङ सदरमुकाममा आगलागी

images
images
images
शुक्रवार, फाल्गुण २७ २०७८
शुक्रवार, फाल्गुण २७ २०७८
  • ताप्लेजुङ सदरमुकाममा आगलागी

    ताप्लेजुङ, २७ फागुन।  ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चेमा आगलागी भएको छ। कोप्चे बजारमा रहेको मासु पसल नजिकैको एक घरबाट अचानक आगलागी सुरु भएको छ।

    images
    images
    images

    स्थानीयवासीका अनुसार अहिले बिहान ८ बजे अचानक आगलागी सुरु भएको थियो। आगलागीबाट एक घर जलेको छ भने आगो नियन्त्रणमा आइसकेको छैन। आगलागी नियन्त्रणका लागि स्थानीय र सुरक्षाकर्मी खटिएका छन् । आगलागी नियन्त्रणका लागि फुङलिङ नगरपालिकाको दमकल पुगेको छ । जस्ताले छाएको घरमा आगलागी भएका कारण आसपासका घरसमेत जोखिममा परेका छन्।

    आगो अन्यत्र सल्किए कोप्चेबजार पूरै जोखिममा पर्ने देखिन्छ । थप विवरण आउन बाँकी छ। प्रायः वर्षेनी आगलागीको चपेटामा पर्दै आएको सदरमुकाममा यस वर्ष सुक्खायाम लागेसँगै बजार क्षेत्रमा यो नै पहिलोपटक आगलागीको घटना भएको हो। रासस

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij