२०८२, चैत्र ३० गते

Apr 13 2026 | २०८२, चैत्र ३० गते

नागरिकतासम्बन्धी समस्या समाधान गर्न जय जनता हेल्प फाउण्डेशनको माग

शुक्रवार , फाल्गुण २७, २०७८

  • 4.7K
    Shares
  • 4.7K
    Shares
  • भैरहवा, २७ फागुन ।
    जय जनता हेल्प फाउण्डेशन लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर १ खुनगाई, रुपन्देहीले नागरिकतासम्बन्धी समस्या समाधान गर्न माग गरेको छ । फाउण्डेशनले उक्त माग राख्दै बिहीबार लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीमार्फत गृहमन्त्री बालकृष्ण खाँणलाई ज्ञापनपत्र बुझाएको छ । 

    विशेष गरी तराई–मधेशमा बसोबास गर्ने आम नेपाली नागरिकहरु नागरिकता वञ्चित रहँदा नागरिक शिक्षा, रोजगारी लगायत राज्यबाट प्राप्त हुने अन्य सेवासुविधाबाछ वञ्चित हुनु परेको जय जनता हेल्प फाउण्डेशनका अध्यक्ष ओमप्रकाश कुर्मीले बताए । उनले नागरिकतासम्बन्धी समस्या समाधानका लागि नागरिकता विधेयक आवश्यक रहेको बताए ।

    संविधान जारी भएको ५ वर्ष बढी भइसक्दा पनि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेका लाखौं नेपालीका सन्तानहरु अझै पनि नागरिकताविहीन रहनु दुःखको कुरा भएको कुर्मीले बताए । ‘यस समस्या समाधानमा माननीय गृहमन्त्रीज्यूको पहलकदमीप्रति जय जनता संस्थाको तर्फबाट उच्च सम्मानका साथ हार्दिक आभार प्रकट गर्दछौं, ’उनले भने ।

    275357815_261720426120412_1075485188890576268_n.jpg

    ज्ञापनपत्र बुझाउने कार्यक्रममा फाउण्डेशनका अध्यक्ष ओमप्रकाश कुर्मी, समाजसेवी भावेश चौधरी (सुरज बाबु), प्रहलाद श्रीपति लगायतको उपस्थिति रहेको थियो ।