images

आइतवार, बैशाख २३ गते २०८१

कोभिड–१९ संक्रमण रोकथामका लागि ‘मास्क सुनिश्चितता अभियान’

कोभिड–१९ संक्रमण रोकथामका लागि ‘मास्क सुनिश्चितता अभियान’

images
images
images
शुक्रवार, फाल्गुण २७ २०७८
शुक्रवार, फाल्गुण २७ २०७८
  • कोभिड–१९ संक्रमण रोकथामका लागि ‘मास्क सुनिश्चितता अभियान’

    भैरहवा, २७ फागुन ।
    कोभिड–१९ संक्रमण रोकथामका लागि ‘मास्क सुनिश्चितता अभियान’ थालिएको छ । युनिसेफ नेपालको सहयोग तथा लुम्बिनी प्रदेश स्काउटको आयोजना बिहीबार उक्त अभियान भैरहवास्थित भैरहवा नमुना माध्यमिक विद्यालयमा थालिएको हो । 
    अभियान अन्तर्गत स्काउटले विद्यालयलाई १७ हजार ५ सय थान मास्क प्रदान गरेको हो ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि स्काउट लुम्बिनी प्रदेश तदर्थ समिति संयोजक दीनानाथ भट्टराईले स्काउट इतिहास बोकेको संस्था भएको बताए । उनले धेरै आरोह अवरोह पार गर्दै स्काउट यहाँसम्म आइपुगेको बताए ।

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ का वडा सदस्य कुमार गुरुङले देख्दा सानो लागे पनि स्काउटले महत्वपूर्ण कार्य भएको बताए । उनले आगामी दिनमा पनि स्काउटलाई वडा कार्यालय र नगरपालिकाबाट सहयोग हुने प्रतिवद्धता व्यक्त गरे । 

    स्काउटका पूर्व जिल्ला आयुक्त तथा भैरहवा नमुना क्याम्पस, भैरहवा नमुना मा.वि. व्यवस्थापन समितिका अध्यक्ष आनन्द प्रसाद गुप्ताले स्काउटले विद्यार्थीलाई अनुशासनमा राख्न थप मद्दत पुर्याएको बताए । उनले मास्क सुनिश्चितता अभियानले मास्कको आवश्यकतालाई पूर्ति गर्ने बताए ।

    भैरहवा नमुना क्याम्पसका क्याम्पस प्रमुख टुमानाथ अर्यालले कोभिड–१९ संक्रमणबाट बच्न मास्कको प्रयोग आवश्यक रहेको बताए । भैरहवा नमुना मा.वि.का प्राचार्य चुन्न प्रसाद पाण्डेले स्काउटमा रहेर धेरै नयाँ कुरा सिक्न पाइने बताए ।

    सिद्धार्थनगर नगरपालिका स्वास्थ्य शाखा प्रतिनिधि विजयनाथ चौधरीले मास्कले कोभिड–१९ संगै विभिन्न संक्रमण हुनबाट बचाउने बताए ।

    स्थानीय स्काउट समिति सिद्धार्थनगरका अध्यक्ष सरोज खातीको अध्यक्षता तथा सदस्य अनिता श्रीपालीको सञ्चालनमा सम्पन्न कार्यक्रमको उद्देश्यमाथि तारा पुरीले प्रकाश पारेका थिए ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij