२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

रुपन्देहीमा आइतबार थपिए ९९ जना कोरोना संक्रमित

आइतवार , कार्तिक ९, २०७७

भैरहवा, ९ कार्तिक । 
रुपन्देहीमा आइतबार थप ९९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा ३७ महिला र ६२ जना पुरुष रहेका छन् ।

स्वास्थ्य कार्यालय, रुपन्देहीका अनुसार आइतबार बुटवल उपमहानगरपालिकाका ४२, सिद्धार्थनगर नगरपालिकाका १४, तिलोत्तमा नगरपालिकाका ३१, सैनामैना नगरपालिका र शुद्धोधन गाउँपालिकाका ४/४, देवदह नगरपालिका, कञ्चन, सियारी र ओमसतिया गाउँपालिकाका १/१ जनामा कोरोना  संक्रमणको पुष्टि भएको छ ।

यो संगै रुपन्देहीमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५ हजार ८ सय ६ पुगेको स्वास्थ्य कार्यालय, रुपन्देहीका तथ्यांक अधिकृत ओम प्रकाश गुप्ताले बताए ।

जिल्लामा हालसम्म ३ हजार ५ सय ७ जना कोरोना संक्रमित निको भएका छन् ।  त्यस्तै रुपन्देहीमा २ हजार २ सय ३७ जना कोरोना संक्रमित उपचाररत छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म ६२ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।