images

आइतवार, बैशाख २३ गते २०८१

कर्मचारी संगठनको अधिवेशन फागुन २८ र २९ गते काठमाडौँमा

कर्मचारी संगठनको अधिवेशन फागुन २८ र २९ गते काठमाडौँमा

images
images
images
बिहिवार, फाल्गुण २६ २०७८
बिहिवार, फाल्गुण २६ २०७८
  • कर्मचारी संगठनको अधिवेशन फागुन २८ र २९ गते काठमाडौँमा

    काठमाडौं, २६ फागुन ।
    प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी संगठनको ११ औँ महाधिवेशन यही फागुन २८ गते काठमाडौँमा हुने भएको छ । संगठनले बिहीबार आज पत्रकार सम्मेलन गरी फागुन २८ गते एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा कार्की ब्यांकवेट थापाथली हाइट, काठमाडौँमा अधिवेशनको उदटन हुने जानकारी दिएको हो । 

    images
    images
    images

    आगामी फागुन २८–२९ गते हुने ११ औँ राष्ट्रिय अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको संगठनले जनाएको छ । संगठनका संयोजक केदारप्रसाद देवकोटाले ७७ जिल्ला तथा ३६ विभागीय कार्यसमितिका अधिवेशन सम्पन्न भइसकेको बताउँदै ६१९ जना केन्द्रीय प्रतिनिधि निर्वाचित र अधिवेशन आयोजक समितिका २८२ जनासहित ९०१ जना प्रतिनिधिको अधिवेशनमा सहभागिता हुने जानकारी दिए ।

    उनले भने, “सहकारी क्षेत्रबाट ६७ जना र आधिकारिक ट्रेड युनियनबाट १२१ जना प्रतिनिधि र कूल उपस्थिति प्रतिनिधिमध्ये १८२ जना महिला र ७१९ जना पुरुष प्रतिनिधिको सहभागिता रहनेछ ।” उनले अधिवेशनलाई सफल पार्न १४ उपसमिति गठन गरी अधिवेशन तयारीको कामलाई व्यवस्थित गरिएको जानकारी दिए । ११औँ अधिवेशनले कर्मचारीसँग अनिवार्य कार्यसम्पादन सम्झौता ‘जहाँ सरकार, त्यहाँ ट्रेड युनियन’ लगायतका संगठनले लिने आगामी रणनीति र कार्यभार समेत निर्धारण गर्ने संगठनको भनाइ छ । रासस

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij