images

आइतवार, बैशाख २३ गते २०८१

विकासको फूल फुल्न नसकेको दाङको फूलबारी

विकासको फूल फुल्न नसकेको दाङको फूलबारी

images
images
images
बिहिवार, फाल्गुण २६ २०७८
बिहिवार, फाल्गुण २६ २०७८
  • विकासको फूल फुल्न नसकेको दाङको फूलबारी

    तुलसीपुर, २६ फागुन ।

    images
    images
    images

    दाङमा तीन उपत्यका छन् । एउटा देउखुरी, अर्को दाङ र तेस्रो तुइ दाङ । तुइ दाङ हालको तुलसीपुर उपमहागनरपालिका–१३ स्थित फूलबारी हो । जसले जिल्लाका सबै क्षेत्रको बनावटलाई प्रतिनिधित्व गर्छ । वरिपरि चुरे पहाडले घेरिएको एउटा बस्ती । हेर्दा निकै सुन्दर भएपनि विकासका हिसाबले निकै पछाडि परेको, तर औद्योगिक क्षेत्रका नाममा ज्यादै बहस भएको क्षेत्र हो ।

    माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार शेसुराम भण्डारी भन्छन्, ‘म नगरप्रमुखका लागि २०७४ सालमा उम्मेदवार हुँदा फूलबारीलाई औद्योगिक क्षेत्रका रूपमा विकास गर्ने योजना बनाएको थिएँ, किनकि यो स्थल औद्योगिक क्षेत्रका लागि अति उपयुक्त छ ।’

    त्यहाँ पानी पर्याप्त हुनाका साथै धुलो तथा धुवाँको प्रदूषण कम गर्ने जङ्गल रहेको र आवश्यक जग्गा तथा मजदुर पनि पाइने भएकाले उद्योग स्थापनाका लागि विज्ञहरूले उपयुक्त भएको बताएका थिए । नगरप्रमुख घनश्याम पाण्डे र यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदहरूले पनि फूलबारी औद्योगिक क्षेत्र विकासका लागि उपयुक्त स्थान भएको भन्दै अवलोकन तथा छलफल गरेका थिए । सरोकारवालाले पनि यस विषयलाई जोडतोडका साथ उठाएका थिए ।

    फूलबारी एकान्त पनि भएकाले त्यहाँको बस्तीलाई अन्यत्र स्थान्तरण र  औद्योगिक क्षेत्रका रूपमा विकास गर्न  पटक–पटकको  बहस   बहसमै सीमित भयो । त्यहाँ अन्य विकासका कार्य अझै पनि नभएकाले औद्योगिक क्षेत्र बनाएमा त्यहाँका बासिन्दाको जीवनस्तर उकासिनेमा स्थानीयवासी अझै पनि आशावादी छन् । ‘कि त यहाँ राम्रोसँग विकास गरिदिए हुन्थ्यो, कि त औद्योगिक विकास गरेर हामीलाई अन्यत्र व्यवस्थापन गरे निकै सहज हुने थियो,’ तुलसीपुर–१३ साजकुट्टी निवासी जुद्धबहादुर केसीले भने । अन्य स्थानीयवासीको भनाइ पनि यस्तै छ । रासस

     

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij