२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

जेसीआई सिद्धार्थ लेडीको आयोजनामा एकदिने महिला सीपमूलक कार्यक्रम

बुधवार , फाल्गुण २५, २०७८

भैरहवा, २५ फागुन ।
जेसीआई सिद्धार्थ लेडी, नेपालको आयोजनामा भैरहवामा एकदिने महिला सीपमुलक कार्यक्रम सम्पन्न भएको छ । ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा संस्थाले एकदिने कार्यक्रम सम्पन्न गरेको हो ।

भैरहवास्थित श्रृंगार व्यूटी पार्लरमा दुबोको माला बनाउने तालिम दिइएको थियो । ‘सीप सिकौं आत्मनिर्भर बनौं’ भन्ने नारालाई आत्मसाथ गर्दै जेसीआई लेडीले महिलाहरुलाई सीपमुलक तालिम प्रदान गरेको अध्यक्ष प्रकृति उप्रेतीले जानकारी दिइन् । अध्यक्ष उप्रेतीले तालिममा सहभागिहरुलाई तालिममा सिकेका सीपलाई व्यवहारमा लागु गर्दै आत्मनिर्भर बन्न आग्रह गरिन् ।

275179505_714695923023877_4064219455611621449_n.jpg

तालिममा सहभागि महिलालाई अम्बिका सिंजालीले प्रशिक्षण दिएकी थिइन् । उक्त तालिममा ४० जना महिलाको सहभागिता रहेको थियो ।

जेसीआई सिद्धार्थ लेडी, नेपाल वर्ष २०१० की अध्यक्ष लक्ष्मी रिजालको प्रमुख आतिथ्यतामा भएको कार्यकमको सञ्चालन रत्ना पोखरेलले गरेकी थिइन् । संगिता शर्माको संयोजकत्वमा भएको कार्यक्रममा मीना ज्ञवालीले जेसीज आस्थापाठ गरेकी थिइन् ।