२०८२, चैत्र ३० गते

Apr 13 2026 | २०८२, चैत्र ३० गते

सञ्चारमन्त्री कार्कीसँग अमेरिकी राजदूतको शिष्टाचार भेट

बुधवार , फाल्गुण २५, २०७८

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • काठमाडौँ, २५ फागुन। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्‍यान्डी बेरीले शिष्टाचार भेटवार्ता गरेका छन्।

    मन्त्रालयमा आज भएको भेटमा उनिरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको मन्त्रीको सचिवालयले जनाएको छ। भेटमा मन्त्री कार्कीले अमेरिकाले नेपालको आर्थिक विकास तथा पूर्वाधार निर्माणमा विगतदेखि गर्दै आएको सहयोगका लागि आभार व्यक्त गर्दै आगामी दिनमा थप सहयोग निरन्तरताको अपेक्षा गरेका थिए।

    सो अवसरमा राजदूत बेरीले नेपाल र अमेरिकाबीच मैत्रीसम्बन्ध कायम भएदेखि नै दुई देशबीच सुमधुर सम्बन्ध रहदै आएको उल्लेख गर्दै अमेरिकाले नेपाललाई प्राथमिकताका साथ विविध क्षेत्रमा सहयोग गर्दै आएको बताएका थिए।रासस