२०८३, बैशाख २२ गते

May 05 2026 | २०८३, बैशाख २२ गते

एमाले गुल्मी रुरुक्षेत्र–रुपन्देही सम्पर्क मञ्चले बुटवलमा भेला गर्दै

बुधवार , फाल्गुण २५, २०७८

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • भैरहवा, २५ फागुन ।
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) गुल्मी रुरुक्षेत्र–रुपन्देही सम्पर्क मञ्चको आयोजनामा यही फागुन २८ गते शनिबार बुटवलमा अगुवा कार्यकर्ता भेला गर्ने भएको छ । दिउँसो १ बजेदेखि सिद्धार्थ कटेज, मिलनचोकमा भेला सुरु हुने मञ्चले जनाएको छ ।

    मञ्चका अनुसार एमाले उपमहासचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यतामा, पूर्वमन्त्री तथा एमालेका पोलिटव्युरो सदस्य लिला गिरी, लुम्बिनी प्रदेशसभा सदस्य कमलराज श्रेष्ठ, रुरु क्षेत्र गाउँपालिका अध्यक्ष निलकण्ठ गौतमको आतिथ्यतामा कार्यक्रम हुनेछ । 

    भेलामा आगामी स्थानीय तहको निर्वाचन लक्षित संगठन बलियो बनाउन र रुरुको समग्र विकासका लागि छलफल हुने भेला आयोजक समिति संयोजक हेम थापाले बताए ।