२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

पेशागत महासंघ नेपाल रुपन्देहीमा नयाँ नेतृत्व

बुधवार , फाल्गुण २५, २०७८

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • भैरहवा, २५ फागुन ।
    पेशागत महासंघ नेपाल जिल्ला समिति, रुपन्देहीको चौथो जिल्ला अधिवेशन मंगलबार सम्पन्न भएको छ । भैरहवामा सम्पन्न भएको अधिवेशनले राजीव अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा राधिका बस्याल, नरेन्द्र शर्मा, सचिवमा बुद्धि प्रसाद ज्ञवाली, सह–सचिवमा चन्द्रप्रकाश उपाध्याय र कोषाध्यक्षमा बाबुराम भण्डारी रहेका छन् । त्यस्तै सदस्यमा दिवाकर पन्थी, पदम खनाल, नविन घिमिरे, लेखनाथ बस्याल, मीना अर्याल, प्रदीप घिमिरे, गणेश खनाल, केशव न्यौपाने र अनिता चौधरी रहेका छन् ।

    275428990_7824422767583151_3197683435652205886_n.jpg

    अधिवेशनको एक कार्यक्रमकाबीच नेकपा (एमाले)का केन्द्रीय सदस्य, रुपन्देही जिल्ला सह–इञ्चार्ज तथा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै सुवेदीले चारैतिर फर्कका गठबन्धनले मुलुकलाई केही दिन नसक्ने बताए । उनले दुःखमा जनताले सहयोग खोजेको बताए । पेशागत महासंघ नेपालका स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश संयोजक छबिलाल पाण्डेले पेशागत महासंघलाई अझ सशक्त रुपमा अगाडी बढाउन आवश्यक रहेको बताए । 

    नेकपा एमाले रुपन्देही जिल्ला उपसचिव तथा प्रचार विभाग प्रमुख हितराज पन्थीले एमालेको निरन्तर दबाबका कारण गठबन्धन सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेको बताए । 

    कार्यक्रममा राष्ट्रिय स्वास्थ्यकर्मी संघ लुम्बिनी संयोजक चिन्तामणि ज्ञवाली, पेशागत महासंघका स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश सह–संयोजक हरिशचन्द्र विश्वकर्मा, महासंघका केन्द्रीय सदस्य शिव पौडेल, खगराज पोखरेल, काशीराम आचार्य, निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन लुम्बिनी प्रदेश संयोजक मेघदेव पन्त, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य नारायण प्रसाद भण्डारी, नेपाल स्वास्थ्य प्राविधिक संघका महासचिव भाष्कर आत्रेय, नेपाल राष्ट्रिय शिक्षक संगठन रुपन्देहीका अध्यक्ष धनिश्वर गौतम, निजामती कर्मचारी संगठन रुपन्देहीका अध्यक्ष प्रेम प्रसाद खनाल, प्रोग्रेसिभ इञ्जिनियरिङ एशोसियशन नेपाल (पीन) का केन्द्रीय सदस्य छविन्द्र भट्टराई, पेशागत महासंघ रुपन्देहीका पूर्वअध्यक्ष डासुराम पाण्डे लगायतले बोलेका थिए ।

    पेशागत महासंघ नेपाल जिल्ला समिति, रुपन्देहीका संयोजक डिजाइन थापाको अध्यक्षता, सह–संयोजक नरेन्द्र कुमार शर्मा पोखरेलको स्वागत तथा सचिव शालीग्राम पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।