२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

भोजन दान तथा नगद हस्तान्तरण

बुधवार , फाल्गुण २५, २०७८

भैरहवा, २५ फागुन ।
लायन्स क्लब अफ सिद्धार्थनगर टुलिपले भोजन दान तथा नगद हस्तान्तरण गरेको छ । ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर क्लबले रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरस्थित श्री सत्य साई वृद्ध सेवा आश्रममा कार्यक्रम गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रस्तावित लायन्स क्लब्स डिष्ट्रिक ३२५ (पी)का इलेक्ट डिष्ट्रिक गभर्नर नवराज न्यौपानेले लायन्स क्लब अफ सिद्धार्थनगर टुलिपले सराहनीय कार्य गरेको बताए ।

त्यस्तै डिष्ट्रिक डेपुटी चिफ रुपमा हिराचन, लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गरे ।

लायन्स क्लब अफ सिद्धार्थनगर टुलिपका अध्यक्ष माया सारु मगरको अध्यक्षता, कार्यक्रम संयोजक प्रेमा थापाको स्वागत तथा क्लबका सचिव मिनिता थापा क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

त्यस्तै क्लबले ‘मिसेज ग्राण्ड इन्टरनेशनल नेपाल–२०२१’ अवार्ड प्राप्त गरी नेपालीहरुको शिर उच्च बनाएको भन्दै उर्मिला सिलवाललाई सम्मानपत्रद्वारा सम्मान गरेको छ । त्यसै गरी क्लबले सिद्धार्थनगर–१२ निवासी रिक्सा चालक बिमला रोकालाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।