images

आइतवार, बैशाख ३० गते २०८१

एमसीसी राष्ट्रिय हितमा छ, जनतामाझ प्रष्ट पारौं : गृहमन्त्री खाँण

एमसीसी राष्ट्रिय हितमा छ, जनतामाझ प्रष्ट पारौं : गृहमन्त्री खाँण

images
images
images
मंगलवार, फाल्गुण २४ २०७८
मंगलवार, फाल्गुण २४ २०७८
  • एमसीसी राष्ट्रिय हितमा छ, जनतामाझ प्रष्ट पारौं : गृहमन्त्री खाँण

    बुटवल, २४ फागुन ।

    images
    images
    images

    गृहमन्त्री खाँणले एमसिसि परियोजना नेपालको हितमा रहेको बताएका छन्। एमसीसी राष्ट्रको हितमा हुँदाहुँदै पनि यसबारे अनेक भ्रम फिँजाइएकाले नेपाली काग्रेसका सम्पुर्ण कार्यकर्ता तथा आम पत्रकारले यसबारे जनतामाझ प्रष्ट पार्नुपर्ने बताएका छन्। उनले एमसिसि नेपालको अधिकार भएको बताएका छन्। 

    नेपाल प्रेस यूनियन रूपन्देहीले मंगलबार तिलोत्तमामा आयोजना गरेको पुरस्कार वितरण समारोहलाइ सम्बोधन गर्दै गृहमन्त्री खाणले अविकसित देशहरूको गरिबी, बेरोजगारी र दरिद्रता अन्त्य गर्नका लागि मिलेनियम च्यालेञ्ज कर्पोरेशन परियोजना बनेको बताए। गृहमन्त्री खाणले लोकतान्त्रिक र प्रेस स्वतन्त्रता भएको मूलुकमा मात्रै एमसिसि लागू हुने बताउदै यस बिषयमा जनतामा सहि सुचना प्रबाह गर्न आम प्रत्रकारलाई आग्रह गरे। उनले सबै पार्टीका नेताहरू संलग्न भएकाले यसको विरोधमा कोहि पनि नरहेको बताए। 

    गृहमन्त्री खाणले एमसीसी अनुमोदन गरेकै कारण निर्वाचनमा हुने क्षतिलाई रोक्नका लागि मतदाता माझ प्रष्ट पार्नु जरुरी रहेको बताए। उनले भने, “सरकारमा हुँदा होस् वा प्रतिपक्षमा हुँदा होस, कांग्रेस एमसीसीको पक्षमा उभिएर संसदबाट अनुमोदन गर्न सफल भयो।” गृहमन्त्री खाणले सञ्चारकर्मीलाई पनि एमसीसीबारे सत्यतथ्य उजागर गर्न आग्रह गर्दै सरकारमा रहेका दल र तिनका नेताहरुले नै एमसीसीबारे भ्रम फैलाएको बताए। उनले संसद्ले अनुमोदन गरेको व्याख्यात्मक घोषणामा एमसीसीमै भएकै कुरा उल्लेख भएको स्पष्ट पारे।

    गृहमन्त्री खाणले आगामी निर्वाचन कांग्रेसले नजित्ने हो भने मुलुक अँध्यारो युगतर्फ प्रवेश गर्ने बताउँदै भने, “लोकतन्त्रको रक्षा र नागरिक तथा प्रेस स्वतन्त्रताका लागि पनि कांग्रेसको जित आवश्यक छ।” उनले विजुलिको उत्पादन विदेशमा बेच्न ट्रान्समिशन लाईन बनाउनु, सडक बनाउनु राष्ट्र हितमा रहेको बताउदै ट्रान्समिशनल लाईनबाट अमेरिक सेना नआई बिजुली आउने टिप्पणी गरे। 

    गृहमन्त्री खाँणले बर्तमान सरकार आलोचना सहन तयार रहेको समेत बताएका छन्। उनले सञ्चारमाध्यम र पत्रकारिताले सत्य तथ्य उजागर गरेर सरकारलाई सच्चिने मौका दिन आग्रह गरे। उनले काँग्रेस जहिले पनि नागरिक अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताए। उनले काँग्रेस नेतृत्वको सरकार र कम्युनिस्ट विच धेरै फरक रहेको बताए। 

    कम्यूनिष्टहरूको सरकार हुदा माईतिघर मण्डलामा विरोध गर्न पाईदैनथ्यो, तर अहिले संसदबाट पारित एमसिसिको विरोधमा प्रर्दशन हुदा सरकारले सुरक्षा दिएको उनको भनाइ छ। हरेक नागरिकलाई अभिव्यक्तिको स्वतन्त्रताको ग्यारेन्टी गरेको बताउदै मन्त्री खाणले अधिकार प्रयोग गर्दा अन्य नागरिकको अधिकारमाथि अतिक्रमण नगर्न अपिल गरे। 

    गृहमन्त्री खाणले राजनीतिको मूलधार बाहिर रहेका शक्तिलाई पनि संविधान स्वीकार गरेर मूलधारमा आउन आग्रह गरे । सरकार त्यस्ता शक्तिसँग पनि सहकार्य गर्न तयार रहेको बताउँदै उनले मूलधारमा नआएका शक्तिलाई पनि अहिले राज्यले सुरक्षाको प्रबन्ध गरिरहेको स्पष्ट पारे। उनले नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता कुनै हालतमा सरकारले निषेध नगर्ने भन्दै सञ्चार क्षेत्रसँग सम्बन्धित कानुनमा कुनै संशोधन आवश्यक भए पनि सरकार त्यसका लागि तयार रहेको बताए।

    कार्यक्रमका बिशिष्ठ अतिथी नेपाली काग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले नेपाली काग्रेस र लोकतन्त्रलाई बलियो बनाउन प्रेस युनियनले महत्वपुर्ण भुमिका निर्भाह गर्नु पर्नेमा जोड दिए। सभापति पुनले कांग्रेसको नेतृत्वमा मात्रै लोकतन्त्र र संविधानको रक्षा हुने दाबी गरे। उनले आगामि निर्वाचनमा नेपाली काग्रेसका उम्मेदवारलाई जिताउनका लागि युनियन आबद्ध पत्रकारको भुमिका महत्वपुर्ण हुने उल्लेख गर्दै त्यसको तयारीमा लाग्न आग्रह गर्दै त्यसका लागि काग्रेस प्रदेश समितिले युनियनलाई आबश्यक सहयोग गर्ने बताए। 

    कार्यक्रममा काँग्रेस रूपन्देही सभापति रामकृष्ण खाँण, काग्रेसका क्षेत्रिय सभापति तथा नेपाल प्रेस युनियन रुपन्देहीका सल्लाहकार तथा पुर्व केन्द्रिय उपसभापति हरि लम्साल, जिपि कोईराला स्मृति पत्रकारिकता पुरस्कार छनोट समितिका संयोजक खिमानन्द भट्टराई, नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पोख्रेल, नेपाm युनियन सभापति रेखा भुसाल, प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेल लगाएतले बोल्दै पत्रकारको पेशागत हित, लोकतन्त्रको रक्षाका लागि सधै लड्नु पर्नेमा जोड दिए। 

    युनियनका सभापति रेखा भुसालको सभापतित्व, उपसभापति दीपक घिमिरेको संयोजनमा भएको कार्यक्रम युनियनका कार्यबाहक सचिब कल्पना तिवारीको सञ्चालनमा सम्पन्न भएको थियो। 

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij