
मंगलवार , फाल्गुण २४, २०७८
भैरहवा, २४ फागुन ।
११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा लायन्स क्लब अफ सिद्धार्थनगर सिर्जनशील र जेसीआई सिद्धार्थ लेडी, नेपालले मंगलबार विभिन्न कार्यक्रम गरेको छ । सिद्धार्थनगर नगरपालिकाले बिहान आयोजना गरेको प्रभातफेरी कार्यक्रममा लायन्स क्लब अफ सिद्धार्थनगर सिर्जनशील र जेसीआई सिद्धार्थ लेडी, नेपालले सहभागिता जनाएको थियो ।
त्यस्तै दुईवटै संस्थाले संयुक्त रुपमा सेनेटरी प्याड र जनचेतनामूलक कार्यक्रम गरेका छन् । सिद्धार्थनगर नगरपालिका–४ स्थित दोगहरा मा.वि.मा सेनेटरी प्याड तथा जनचेतनामूलक कार्यक्रम गरिएको लायन्स क्लब अफ सिद्धार्थनगर सिर्जनशीलका अध्यक्ष रागिनी जैसवालले बताइन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का पूर्व वडाअध्यक्ष मिलन बस्नेतले जेसीआई सिद्धार्थ लेडी, नेपाल र लायन्स क्लब अफ सिद्धार्थनगर सिर्जनशीलले सराहनीय कार्य गरेको बताए ।
लायन्स क्लब अफ सिद्धार्थनगर सिर्जनशीलका अध्यक्ष रागिनी जैसवाल र जेसीआई सिद्धार्थ लेडी, नेपालका अध्यक्ष अनिता पाण्डेको अध्यक्षता, सुधा तुलाधर र दीपा न्यौपानेको संयोजकत्वमा सम्पन्न कार्यक्रममा प्रशिक्षक आँचल दुवेले प्रशिक्षण दिएकी थिइन् ।
त्यस्तै जेसीआई सिद्धार्थ लेडी, नेपाल, दिपज्योति सचेतना महिला समूह, लायन्स क्लब अफ सिद्धार्थनगर नोबेल लेडिज, बैद्धिक सनातन धर्म सेवा समिति र लायन्स क्लब अफ सिद्धार्थनगर सिर्जनशीलले श्रमिक महिला सम्मान तथा आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम गरेका छन् । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ स्थित दुर्गामन्दिरमा उक्त कार्यक्रम भएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij