
शनिवार , कार्तिक ८, २०७७
भैरहवा, ८ कार्तिक ।
रुपन्देहीमा शनिबार थप १४० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा ५३ महिला र ८७ जना पुरुष रहेका छन् ।
स्वास्थ्य कार्यालय, रुपन्देहीका अनुसार शनिबार बुटवल उपमहानगरपालिकाका ७१, सिद्धार्थनगर नगरपालिकाका १५, देवदह नगरपालिकाका ६, तिलोत्तमा नगरपालिकाका १५, शुद्धोधन गाउँपालिकाका ६, सैनामैना नगरपालिकाका १८, रोहिणी गाउँपालिकाका ४, मायादेवी गाउँपालिकाका ३, सियारी र कञ्चन गाउँपालिकाका १/१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
यो संगै रुपन्देहीमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५ हजार ७ सय ७ पुगेको स्वास्थ्य कार्यालय, रुपन्देहीका तथ्यांक अधिकृत ओम प्रकाश गुप्ताले बताए ।
जिल्लामा हालसम्म ३ हजार ४ सय १ जना कोरोना संक्रमित निको भएका छन् । त्यस्तै रुपन्देहीमा २ हजार २ जना ४४ कोरोना संक्रमित उपचाररत छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म ६२ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij