२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

राप्रपाद्वारा सम्मरीमाई, रोहिणी र शुद्धोधनमा संगठन विस्तार

सोमवार , फाल्गुण २३, २०७८

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • भैरहवा, २३ फागुन ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीले जिल्लामा संगठन विस्तारलाई तीव्रता दिएको छ । सोही क्रममा पार्टीले जिल्लाको दक्षिणी क्षेत्र मर्चवारमा संगठन विस्तार गरेको छ । सम्मरीमाई गाउँपालिका वडा नम्बर ३ मा वडास्तरीय १९ सदस्यीय युवक संगठन तथा २३ सदस्यीय महिला संगठन विस्तार गरिएको पार्टीले जनाएको छ ।

    राप्रपा सम्मरीमाई–३ का वडाअध्यक्ष सुजित कुमार यादवको अध्यक्षता, कार्यवाहक जिल्ला अध्यक्ष तथा जिल्ला निर्वाचन परिचालन समितिका संयोजक अजय कुमार गुप्ताको प्रमुख आतिथ्यता, जिल्ला सचिव बलराम शर्माको विशिष्ट आतिथ्यता, क्षेत्रीय अध्यक्ष सद्दाम शाह, नेताहरु भोला देवान, अहमद शाह, शंकर खत्री, रमापति यादव, उदयराज सिंह, केशवराम तिवारी, कृष्ण अर्याल, सलाहुद्दीन पठान लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

    त्यस्तै राप्रपा रोहिणी गाउँपालिका वडा नम्बर ६ मा धर्मराज चौधरीको अध्यक्षतामा बोधबार र बिसुनपुरा टोल समिति गठन गरिएको छ । त्यस्तै संगिता घर्तीको अध्यक्षतामा ५१ सदस्यीय महिला चुनाव प्रचार प्रसार समिति गठन गरिएको पार्टीले जनाएको छ । राप्रपाका सहायक महामन्त्री ताहिर अलीको प्रमुख आतिथ्यता तथा नेता सीताराम सिंहको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    275229821_346775480794557_705878494940999198_n.jpg

    त्यस्तै पार्टीले शुद्धोधन गाउँपालिका वडा नम्बर ३ मा दिलिप कुमार थारुको अध्यक्षतामा २७ सदस्यीय रमवापुर टोल समिति गठन गरेको छ । क्षेत्र नम्बर ३ का सचिव शंकर खत्री, क्षेत्रीय कोषाध्यक्ष मान बहादुर रसाइली, समाजसेवी एवं यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसका जग्गादाता दुधनाथ थारु, शुद्धोधन गाउँपालिका कमिटीका अध्यक्ष पुष्पराज थारु लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २३ जना राप्रपामा प्रवेश गरेका थिए ।

    त्यसै गरी राप्रपाले शुद्धोधन गाउँपालिका वडा नम्बर २ भुजौलीमा दिलिप कुमार चौधरीको अध्यक्षतामा १७ सदस्यीय टोल समिति गठन गरेको छ । जसको उपाध्यक्षमा भानेश्वरी थारु रहेका छन् ।

    त्यस्तै सोही वडा अन्तर्गत सिकडामा सिर्पत यादवको अध्यक्षतामा ५३ सदस्यीय टोल समिति गठन गरिएको छ । उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १३ जना राप्रपामा प्रवेश गरेका थिए । क्षेत्रीय अध्यक्ष शंकर कार्की, गाउँपालिका अध्यक्ष पुष्प थारु, नेता प्रेम कुवर लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

    275017635_3008430946084810_5099269045950639181_n.jpg
    275285686_2055128661314809_7718419773165658230_n (1).jpg