
सोमवार , फाल्गुण २३, २०७८
बुुटवल, २३ फागुन ।
नेत्रहिन युवा संघ नेपाल, रुपन्देहीको आयोजना र सियारी गाउँपालिका वडा नम्बर ५ को सहयोगमा दृष्टिविहीनता भएका विद्यार्थीहरुको लागि ‘चेस खेल’ तालिम प्रदान गरिएको छ । दुई दिनसम्म सियारी गाउँपालिका वडा नम्बर ५ मा रहेको विशेष शिक्षा प्रदान गर्ने विद्यालय विरेन्द्र माविमा तालिम आयोजना गरिएको हो ।
तालिमको एक कार्यक्रमकाबीच समापन गरिएको छ । विरेन्द्र मावि छपियाका प्रधानाध्यापक कृष्ण प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सियारी गाउँपालिका नगर कार्यपालिका सदस्य देवकी खरेलको प्रमुख आतिथ्यता रहेको थियो ।
तालिम समापन कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि खरेलले दृष्टिविहीनता भएका विद्यार्थीहरुले पनि चेस खेलमा सहभागी भएको देख्न पाउँदा अत्यान्तै खुसी लागेको बताइन् । उनले गाउँपालिकाले आगामी दिनमा पनि अपांगता भएका व्यक्तिहरुको हितको लागि जहिले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य चन्द्रकान्त शर्मा, रुकमणी चौधरी विद्यालयका स्रोत शिक्षक लोकनाथ सापकोटा लगायतले आ–आफ्ना भनाइ राखेका थिए । रुपन्देही नेत्रहिन संघका सचिव टिकाराम पौडेलको सञ्चालनमा भएको कार्यक्रममा परियोजना फिल्ड अफिसर अस्मिता क्षेत्रीले स्वागत मन्तव्य राखेकी थिइन् । दुई दिनसम्म चलेको तालिममा प्रशिक्षक जीवन पोख्रेलले सहजीकरण गरेको सियारी नेत्रहिन संघका अध्यक्ष माधव कंडेलले जानकारी दिए ।
सोही कार्यक्रममा रुपन्देही नेत्रहिन युवा संघले विद्यालयमा अध्ययनरत दृष्टिविहीनता भएका विद्यार्थीहरुको लागि खेलकुद सामग्रीको रुपमा विशेष प्रकृतिको चेस बोर्ड तथा गोटीहरु प्रदान गरेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij