२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

युवा समाजसेवी विनय मिश्रा एमालेमा प्रवेश

आइतवार , फाल्गुण २२, २०७८

  • 4.5K
    Shares
  • 4.5K
    Shares
  • भैरहवा, २२ फागुन ।
    युवा समाजसेवी विनय कुमार मिश्रा नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् । एमाले मायादेवी गाउँपालिका कमिटी रुपन्देहीले आइतबार मायादेवी–२ स्थित पचविरवामा आयोजना गरेको पार्टी प्रवेश तथा आमसभामा मिश्रा एमालेमा प्रवेश गरेका हुन् । 
    उनलाई एमालेका केन्द्रीय सचिव तथा पूर्वमन्त्री छविलाल विश्वकर्मा, केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज भुमिश्वर ढकाल, लुम्बिनी प्रदेश कमिटी सदस्य विश्वराज बराल (अनुप), बाबुलाल यादव, रुपन्देही जिल्ला अध्यक्ष तेजेन्द्र के.सी., उपाध्यक्ष जगेश्वरीदेवी चौधरी, लुम्बिनी प्रदेश सांसद सुनिता ठठेर,मायादेवी गाउँपालिका कमिटी अध्यक्ष साधुशरण सहानी लगायतले पार्टीमा प्रवेश गराए ।

    मिश्रा लियो क्लब अफ सिद्धार्थनगर युथका पूर्वअध्यक्ष समेत हुन् । मायादेवी गाउँपालिका–६ निवासी मिश्राले एमाले देश र जनताको लागि काम गर्ने पार्टी भएकाले एमालेमा प्रवेश गरेको बताए । उनले भने, ‘यसअघि म कुनै पार्टीमा आबद्ध थिएन, तर एमाले र एमाले उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले यस क्षेत्रको विकासका लागि गरेका कामहरु देखेर प्रभावित भए, एमाले नै देश र जनताको लागि काम गर्ने पार्टी रहेछ ।’