२०८२, चैत्र ३० गते

Apr 13 2026 | २०८२, चैत्र ३० गते

आगलागी नियन्त्रण नभएपछि हेलिकोप्टरबाट पानी हालिँदै

आइतवार , फाल्गुण २२, २०७८

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • दमौली, २२ फागुन। तनहुँको व्यास नगरपालिका–४ स्थित दमौली मुख्यचोकमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन।

    बिहान १० बजेदेखि लागेको तीन घण्टा हुँदा पनि नियन्त्रणमा लिन नसकिएको हो। भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको आगलागीले नजिकका घरमा पनि क्षति पु¥याएको छ। व्यास नगरपालिकाका साथै पोखराबाट आएको दमकलले आगो निभाउने प्रयास गरिरहेको छ। 


    सिम्रिक इयरको हेलिकप्टरले पानी आकाशबाट पानी झारेर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको पहलमा हेलिकप्टर मगाइएको हो। मन्त्री श्रेष्ठ मादी नदीमा बसेर पानीको व्यवस्था मिलाइरहनुभएको छ।

     
    प्रहरीका अनुसार अहिलेसम्म मानवीय क्षति भने भएको छैन। प्रहरी नायबउपरीक्षक युवराज खड्काले आगो निभाउने प्रयास भइरहेको बताउनुभयो । “कति घरमा क्षति भयो भन्न अहिले सकिने अवस्था छैन”, उनले भने। आगलागी नियन्त्रणका लागि चापाघाटस्थित कालीभन्जन गण इ, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी लागिपरेका छन।  रासस