२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

रुपन्देहीमा शुक्रबार थपिए १३७ जना कोरोना संक्रमित

शुक्रवार , कार्तिक ७, २०७७

भैरहवा, ७ कार्तिक । 
रुपन्देहीमा शुक्रबार थप १३७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा ४७ महिला र ९० जना पुरुष रहेका छन् ।

स्वास्थ्य कार्यालय, रुपन्देहीका अनुसार शुक्रबार बुटवल उपमहानगरपालिकाका ४३, सिद्धार्थनगर नगरपालिकाका २६, तिलोत्तमा नगरपालिकाका ३५, देवदह नगरपालिकाका १३, शुद्धोधन गाउँपालिकाका ७, सैनामैना नगरपालिका र रोहिणी गाउँपालिकाका ४/४, सियारी गाउँपालिकाका ३ र मायादेवी गाउँपालिकाका २ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

यो संगै रुपन्देहीमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५ हजार ५ सय ६७ पुगेको स्वास्थ्य कार्यालय, रुपन्देहीका तथ्यांक अधिकृत ओम प्रकाश गुप्ताले बताए ।

जिल्लामा हालसम्म ३ हजार २ सय ६५ जना कोरोना संक्रमित निको भएका छन् ।  त्यस्तै रुपन्देहीमा २ हजार २ जना ४१ कोरोना संक्रमित उपचाररत छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म ६१ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।