२०८२, फाल्गुण २६ गते

Mar 10 2026 | २०८२, फाल्गुण २६ गते

वार्षिक सार्वजनिक छलफल कार्यक्रम सम्पन्न

शनिवार , फाल्गुण २१, २०७८

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • भैरहवा, २१ फागुन ।

    मानव बेचबिखनबाट पीडित तथा प्रभावितहरुको सहयोगका लागि वार्षिक सार्वजनिक छलफल कार्यक्रम शनिबार भैरहवामा सम्पन्न भएको छ ।  सिद्धार्थनगर नगरपालिकाको आयोजना तथा माइती नेपालको सहयोग र सहकार्यमा भएको कार्यक्रममा नगरभित्रका प्रभावितहरुको गुनासो सुन्दै सहभागीहरुले समस्याको समाधानका उपायको बारेमा छलफल गरेका थिए ।

    नगरपालिकाका नगर प्रमुख हरिप्रसाद अधिकारी, उपप्रमुख उमा काफ्ले, शिक्षा शाखा प्रमुख चेतनशिल लम्साल, शिक्षा अधिकृत जाह्नवी पाण्डे, सामाजिक शाखा प्रमुख यादव प्रसाद सापकोटा, भैरहवा नमुना मा.वि.का प्राचार्य चुन्न प्रसाद पाण्डे लगायतले मानव बेचबिखनमा नगरभित्रका पीडित तथा प्रभावितहरुको समाधानका उपायका बारेमा आ–आफ्ना भनाइ राखेका थिए ।

    कार्यक्रममा माइती नेपालका कार्यक्रम संयोजक माया क्षेत्रीले मानव बेचबिखनबाट पीडित तथा प्रभावितहरुको सहयोगका बारेमा प्रस्तुतीकरण गरेकी थिइन् ।