२०८२, मंसिर ११ गते

Nov 27 2025 | २०८२, मंसिर ११ गते

‘लुम्बिनी प्रदेशमा मानवअधिकार हननका घटना बढ्दो’

शनिवार , फाल्गुण २१, २०७८

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • बुटवल, २१ फागुन । 
    लुम्बिनी प्रदेशमा मानवअधिकार हननका घटनाहरू बढिरहेको अवस्था रहेकोले मानवअधिकार हननका घटनामा कमी आउनुपर्ने सरोकारवालाहरुले बताएका छन् । लुम्बिनीमा हरेक क्षेत्रमा मानवअधिकार हननका घटना बढिरहेको तथ्यांक ईन्सेकले सार्वजनिक गरेसंगै सरोकारवालाले घटना घट्नुपर्ने बताएका हुन् । 

    ईन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगंजको आयोजनामा शनिबार आयोजना भएको लुम्बिनी प्रदेशमा मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन् । 

    कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख्य न्याधिवक्ता श्रीकृष्ण सुवेदीले लुम्बिनी प्रदेशमा महिला हिंसाको अवस्था दयनीय रहेको तथ्य रहेको बताउँदै यो प्रदेशका जनताको चेतनाको स्तर माथि रहेकोले घटना बाहिर आएको बताए । 

    मानवअधिकारको क्षेत्रमा कानूनहरु बनिरहेको बताउँदै उनले केही बन्दै रहेको बताए । उनले जेष्ठ नागरिकको अधिकारको लागि नेपालमै नौलो कानून ल्याएको र महिला तथा बालबालिकाका कानूनहरु ड्राफ्ट भइरहेको बताए । शिशु अवस्थाको प्रदेशलाई जनताले अनुभुति हुने काम भइरहेको बताए । उनले प्रदेशलाई बलियो बनाउनको लागि केन्द्रीकृत मानसिकता परिवर्तन गर्नुपर्ने बताए । 

    ईन्सेक लुम्बिनी प्रदेश प्रमुख भोला महतले ईन्सेकले लुम्बिनी प्रदेशको अध्ययनका क्रममा फेला परेका मानवअधिकार हननका घटनाको बारेमा बताए । ईन्सेकले वार्षिक रुपमा प्रकाशन गर्ने वर्ष पुस्तकले विगत र अहिलेको अवस्था देखाउने काम गर्ने बताए । 

    मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय अध्यक्ष गोबिन्द खनालले जन्मनु भन्दा पहिलेदेखि नै पाउने अधिकार मानवअधिकार रहेको बताउँदै यस विषयलाई खुम्च्याउने काम हुन नदिने गरी लाग्नुपर्ने बताए । उनले मानवअधिकारका विषयहरु समान्य हुँदै विस्तृत कुराहरु संविधानमा लेखिएको बताउँदै हरेक हक–अधिकार प्रदान गर्ने काम गर्ने बताए । 
    पछिल्लो समय हिंसात्मक राजनीति गर्दा पनि उनीहरुलाई कारवाही नहुँदा मानवअधिकार हनन भरहेको बताए । उनले राजनीतिक तथा अन्य क्षेत्रबाट हिंसाको वकालत गर्ने व्यक्तिहरु नै मानवअधिकार हनन गर्ने व्यक्ति रहेको बताउँदै ती व्यक्तिलाई कारवाही नगर्नु सरकारको कमजोरी रहेको बताए । 

    नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले मानव अधिकारका कुरा गर्दा सीमित मान्छेलाई समेटेर मात्रै सहभागी बनाएको भन्दै यसो हुँदा सही निष्कर्ष ननिस्केको बताए । उनले ग्रामीण क्षेत्रमा यस्ता अधिकारका विषयमा बहस हुन आवश्यक रहेको औल्याए । 

    कार्यक्रममा बोल्दै माईती नेपाल रुपन्देही अध्यक्ष माया क्षेत्रीले अभिभावक बीचमा नै असमझदारी हुदा घर छोड्ने र लागूऔषधमा लाग्ने बालबालिकाको संख्या बढेको बताइन् । कार्यक्रमको सञ्चालन ईन्सेक प्रतिनिधि विष्णु प्रसाद घिमिरेले गरेका थिए ।