२०८२, कार्तिक २२ गते

Nov 08 2025 | २०८२, कार्तिक २२ गते

आत्मरक्षाका लागि महिला सबल हुनुपर्छ : प्रदेश प्रमुख शेरचन

शुक्रवार , फाल्गुण २०, २०७८

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • कपिलवस्तु, २० फागुन ।
    लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले महिलाले आफ्नो रक्षाका लागि सामान्य सैन्य तालिम लिनुपर्नेमा जोड दिएका छन् । उनले आत्मारक्षाका लागि महिला सबल हुनुपर्ने आवश्यकता औँल्याएका हुन् ।

    राष्ट्रिय मानवअधिकार आयोगले बुटवलमा आयोजना गरेको मानवअधिकार रक्षक प्रादेशिक सम्मेलनलाई सम्बोधनका क्रममा प्रदेश प्रमुख शेरचनले मावनअधिकारको उल्लंघन राज्य पक्षबाट पनि हुने गरेको जिकिर गरे ।

    दलित, मुस्लिम, मधेसी लगायत सीमान्तकृत समुदाय अझै पनि अपहेलित जीवन बिताउन बाध्य भएकाले उनीहरुको मानवअधिकार सुरक्षित गराउनुपर्नेमा पनि उनले जोड दिए ।

    लुम्बिनी प्रदेशका सांसद फकरुद्दिन खानले गरिबीका कारण कठिनाइ भोगेका समुदायलाई राज्यले सम्बोधन गर्नुपर्ने बताए ।

    तिलोत्तमा नगरपालिका उपप्रमुख जागेश्वरीदेवी चौधरीले सामाजिक परिस्थितिका कारण अझै पनि मानवअधिकार सुरक्षित हुन नसकेको  बताइन् । उक्त आयोगले आयोजना गरेको सो कार्यक्रममा  प्रदेशका १२ जिल्लाका मानवअधिकारकर्मी र पत्रकारको सहभागिता रहेको छ । सम्मेलन भोलि समापन हुने जनाइएको छ । रासस