२०८२, मंसिर ११ गते

Nov 27 2025 | २०८२, मंसिर ११ गते

विद्यालयको स्टोर कोठामा आगजनी

शुक्रवार , फाल्गुण २०, २०७८

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • बुटवल, २० फागुन ।
    सहिद स्मृति आधारभूत विद्यालय बुटवल–११ को स्टोर कोठामा आगजनी गरिएको छ । बिहीबार दिउँसो अपरिचित व्यक्ति विद्यालयको कम्पाउण्डभित्र प्रवेश गरी आगजनी गरेको स्थानीयले बताएका छन् ।

    आगजनीबाट स्टोर कोठामा रहेका विभिन्न शैक्षिक सामग्री, फाइलहरु, विभिन्न भौतिक संरचना लगायतका सामग्री जलेर नष्ट भएको विद्यालयका प्रधानाध्यापक प्रकाश गौतमले जानकारी दिए । 

    आगजनी कसले र किन गर्यो भन्ने बारेमा थाहा हुन नसकेको उनले बताए । आगजनीबाट करिब चार लाख रुपैयाँको क्षति भएको विद्यालयले जनाएको छ । बिहीबार विदाको दिनमा आगजनी गरिएकाले विद्यालयमा कर्मचारी, शिक्षक कोही पनि थिएनन् ।

    विद्यालयमा आगजनी भएको देखेपछि स्थानीयले विद्यालय परिवारलाई खबर गरेका थिए । स्थानीय अभिभावक,  बुिद्वजीवि, जनप्रतिनिधि, व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, वडा प्रहरी कार्यालयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।